Latest Update :

Real Story - Samjhanaka Chalharu


As usual this time too we have one of the story from "जीवनको गोरेटोमा" from Saptahik Weekly. This is a story in which a guy loses his beloved because of his friend. Enjoy reading the story below.

सम्झनाका छालहरू

बिहानको झसिमिसेमै म र साथी एउटा चिया पसलमा भेट भयौं । चियाको सुर्को तान्दै साथीले आफ्नो दिनचर्या बताउन थाल्यो । ऊ भन्दै गयो र म सुनिरहें । त्यही दिन मेरी साथी जो ललितपुरमा थिइन् ले मलाई आफनो मामाघरमा आउने निम्तो दिइन् । म पनि उनको मामाघरमा गएर उनका साथी एवं बहिनीहरूसँग घुलमिल भएँ ।

यसरी घुलमिल हुने क्रममा मलाई साथीकी बहिनी मन परिन् । उनी पनि मसँग नजिकिन थालिन् । त्यसपछि उनले मेरो मो बाइल नम्बर मागिन् । त्यो दिन मनभरि खुसी बटुली म आफ्नो घर फर्किए । साँझको नौ बज्दै थियो मैले उनलाई फोन गरें । उनी असाध्यै खुसी भइन् । मैले उनलाई मन पराइसकेको थिएँ तर भन्न सकिनँ ।

हामी दुईबीचको फोन सम्पर्क गहिरो हुँदै गयो । यही मौका छोपी उनलाई मैले आई लभ यु के भनेको थिएँ उनले सेम टु यु भनिहालिन् । म त खुसीले पागल जस्तो भएँ । उनीसँगको भेटमा कहिले हामी तपाईंबाट तँका पुग्यौं, थाहा भएन । न्यानो अँगालोमा बेरिएको पत्यै हुँदैनथ्यो तर आज थाहा भयो, यो संसारमा मजस्तो अभागी कोही पनि रहेनछ । सानैदेखि सँगै हुर्की पढेको मेरो साथीलाई हामबीचको सम्बन्ध थाहा भयो । उसले उनीसित चिनजान गरा न भन्यो । मैले पनि उसलाई उनको मोबाइल नम्बर दिई चिनाइदिएँ ।

उसले उनलाई फोन गर्न थालेछ । जसलाई म प्यारो साथी मान्थें, उसले उनलाई आफ्नो भावनामा डुबाएछ र मायामा फसाए छ अनि उनीहरूबीच गहिरो सम्बन्ध बन्न थाल्यो । मैले त दुधको साक्षी बिरालोलाई पो बनाएँछु । मैले कति प्रयास गरें उनलाई पाउन, कहिले फोन त कहिले एसएमएस तर उनले कहिल्यै प्रतिक्रिया जनाइनन् । मेरा सारा सपना चकनाचूर भए । मैले कैयन रात उनको यादमा बिताएँ । मेरो इच्छा उनलाई खुसी देख्नु थियो तर आज म स्वयम् आफैलाई नै बिर्सन थालें ।

एकल यात्री

0 comments: On Real Story - Samjhanaka Chalharu

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.