Latest Update :

Poozana Pradhan - Changing her Life Style


Poozana Pradhan, one of the Hottest and sexiest Nepali Model also we can say an unsuccessful Nepali Actress. It is on news that she has changed her daily routine, lets checkout the article from KAMANA below :-

नायिका पुजना प्रधानले आफनो जीवनशैलीलाई नौलोपन दिन थालेकी छन् । हिजोसम्म केवल शो-पिसका रूपमा देखिँदै आएकी पुजना यतिखेर आफनो जीवनमा परिवर्तनका धर्का देखा परिसकेको बताउँदै छिन् र भन्छिन्- जीवनमा मैले नयाँ कुराको अनुभव गर्न थालेकी छु । जीवनलाई हर्ने दृष्टिकोण परिवर्तन गर्न थालेकी छु । साँच्चै जीवन सोचेभन्दा रमाइलो र राम्रो लाग्न थालेको छ ।’

पुजनाको भनाइमा जीवन अनौठो यात्रा रहेछ । त्यही यात्राका क्रममा जानी-नजानी भूल गरिँदो रहेछ । जानेर होस् या नजानीकन गरेको त्यो भूलले नै जीवनलाई परिपक्व बनाउँदै लग्दो रहेछ तर त्यस्ता भूललाई दोहोर्‍याउनु हुँदैन ।

हाल जयसंगत समूहमा आबद्ध भएर सबैको जय गर्ने प्रयासमा लागेकी पुजनाको दिनचर्या बिहान ५ बजेबाटै शुरू हुने गर्छ । राजधानीको बत्तीसपुतलीस्थित जयसंगत आश्रममा बिहान ५ बजे नै पुगेर उनी अरूलाई ध्यान र योग सिकाउन क्रियाशील हुन थालेकी छन् ।

चलचित्र तस्वीरका नायक पुष्पराज पुरुषको संगतले जयसंगतमा पुगेकी पुजनाले जयसंगतबाट दीक्षा लिइसकेकी छन् । जयसंगतको मान्यताअनुसार आफनो नामको पछाडि पुरुषले पुरुष तथा स्त्रीले स्त्री लेख्ने परम्परालाई उनले पनि पालना गरिरहेकी छन् ।

हिजोआज आफनो नामपछाडि कसैले प्रधान भनेको उनी रुचाउँदिनन् । उनी आफूलाई पुजना स्त्री भनेको मन पराउँछिन् ।

भिन्नभिन्न मान्छेका नामपछाडि राखिने थर उसको ढोंगी परम्पराको उपज हो । म ठूलो र तिमी सानो भनेर जातिगत रूपमा मान्छेले मान्छेलाई हेप्ने भएकोले स्त्री र पुरुष मात्र राखिँदा साम्प्रदायिक विवाद पनि नआउने उनको तर्क छ ।

भोगविलासमा धेरै समय व्यतीत गर्ने सिनेकर्मीहरूलाई भोगी भनिएको होला । यसमा आफू धेरै टिप्पणी गर्ने पक्षमा छैन’ -उनले भनिन् । उनी अगाडि भन्छिन्- मान्छेको ब्रह्मले जे देख्छ त्यही भन्छ र जे चाहन्छ त्यही गर्छ । यसमा हामीले टाउको दुखाइरहनुको कुनै अर्थ देख्दिनँ ।’

दिउँसोको समय अक्सर उनी हर्बलको नेटवर्किङ बिजनेस र सिनेमाको अभिनयमा बिताउने गर्छिन् । बाँच्नका लागि बिजनेसतिर पनि हात हालेकी उनलाई त्यसबाट राम्रै कमाइ भैरहेको छ । तर सिनेमा अनि गीतको म्युजिकभिडियोको अभिनय अहिले उनका लागि वैकल्पिक पेसा मात्र भैरहेको छ ।

आठ वर्षगाडि चलचित्र हिरोमार्फ नेपाली सिनेमाको रंगीन दुनियाँमा पाइला टेकेकी उनलाई सोचेजस्तो सफलता भने मिलेको थिएन । केही वर्षसिनेमा लाइनबाट ब्रेकमा रहेकी पुजना साइबर नेपाल डटकमका लागि टु पिसमा फोटो सुट गरेपछि एकाएक चर्चामा आइन् । त्यसबारे उनी भन्छिन्- सोही फोटोले वर्ल्डमा नेपाली सेक्सी गर्लका रूपमा मलाई चिनायो तर यथार्थमा फोटोमा जति सेक्सी भने म छैन है ।’

केही महिनाअगाडि मात्र लमजुङबाट नागरिकता लिएकी उनले आफनो पिता गुरुङ रहेको पनि खुलासा गरिन् । वास्तविक घरठेगाना लमजुङ सदरमुकाम बेंसीशहर भएकी उनले नागरिकता लिनबाहेक अरू बेला बेसीशहर नगएको अनौठो प्रसंग सुनाइन् ।
- श्याम स्मृत

0 comments: On Poozana Pradhan - Changing her Life Style

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.