Latest Update :

Facebook's Negative effect on Deepak Raj Giri

Facebook, one of the top Social Networking Website on which somebody Made a personal profile page of Nepali Celebrity Deepak Raj Giri which has more than 4000 connections. Deepak is mentally tensed due to that profile lets read in Detail below from Saptahik Weekly.

कलाकार दीपकराज गिरी अचेल दुःखी छन् । 'तीतो सत्य' मार्फत दर्शक हँसाइरहेका सानो पर्दाका यी नायकलाई के कुराले दुःखी बनाएछ त ? साप्ताहिकको जिज्ञासामा उनले अल्छी मान्दै भने — 'फेसबुकले ।' विश्वभर सञ्जाल फैलिएको सोसियल नेटवर्किङ साइटले दीपकलाई कसरी दुःखी बनाउन सक्छ ? दीपक भन्छन्— 'मलाई दुःखी मात्र होइन, धरधरी रुवाएको छ ।' भएछ के भने दीपकराज गिरीकै नाम राखेर कसैले फेसबुक एकाउन्ट खोलिदिएछ । एकाउन्ट खोलेको केही समयमै उनको भनिएको प्रोफाइलमा देश-विदेशबाट साथी तथा प्रशंसकहरूको ओइरो लागेछ । 'केही साथीले विदेशबाट फोन गरेर कार्यक्रममा सहभागिताका लागि फेसबुकमार्फत गरेको निमन्त्रणालाई किन अस्वीकार गरेको ?' भनेपछि पो म छक्क परें । 'मैले फेसबुक एकाउन्ट खोलेकै छैन,' दीपक भन्छन्— 'नखाएको विष लाग्ने भो भन्ने कुराले चिन्ता बढेको छ ।' दीपकको मात्र होइन, रेखा थापा, निरुता सिंह आदि थुप्रै कलाकारका नक्कली फेसबुक एकाउन्ट सञ्चालनमा छन् ।

Check the Duplicate Facebook Profile of Deepak Raj Giri @ Deepak Raj Giri in Facebook

0 comments: On Facebook's Negative effect on Deepak Raj Giri

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.