धेरै पहिलेको कुरा हो, कुनै एउटा गाउँमा जुनगली बाघले त्यहाका मान्छेहरुलाई धेरै दु:खदीरहेको रहेछ | सधैं आफ्नो बाख्रा लगायत जनावरहरु त्यस बाघले दिन्-दिनै सखाप पार्दै जान थालेपछी सबै जना मिलेर पल्लो गाउँको सिन्दुरे बहुनकोमा आफ्नो समस्या लिएर जाने निर्णय गरेछन | हुनपनी भर्खरैमात्र बनरसबाट पढाईसकी आएका र आफु धेरै जान्ने भन्दै धेरै गफ गर्दै हिंड्ने ति बाहुनलाई सबै जना गाउले आफ्नो घर तिर आएको देखी मक्ख पर्दै बाहुनी लाई भनेछन "ए रामेकी आमा, लौहेर तेरो बुढाको कमाल, सबै गाउँलेहरु मेरो मधुर बाणी सुन्नका निम्ती घरमै आउँदैछन | लौ झट्ट गुन्द्रिलेर ओछायाएस |
गाउँलेहरु = " नमस्कार पन्डित जि | "
बाहुन = आँखा सन्कौदै " नमस्कार नमस्कार, हैन आज त सबैजना हुल बाधेर आएउत | पुराण् त भोली देखी हैन र तिमरुको गाउँमा | "
घट्टे साइला = त्यो त हो हजुर , कुरा के भने हामी गाउलेहरुलाई साह्रैनै आपत परेकोले गर्दा सहयोगको लागि आएकाहोउ |
साहिली कान्छी = तेइत ब्यारे, बाजे त बनारस बाट धेरै पढेर आउनु भको मान्छे, पढेलेखेका मान्छेहरुको धेरै बुद्धी हुन्छ भन्छन |
बाजे मख्ख पर्दै = हैन गथी कुरा चाइ के हो खुलेर त भन, ए गाठे |
घट्टे साँहिला = कुरा के भने बाजे, एउटा जुनगली बाघ्ले हामीलाई नहुनु दुख्ह दिएरहेको छ , हाम्रो घरका सबै बाख्राहरु सखाप पर्नलागिसके, कुनै उपायले त्यो बाघबाट हामीलाई छुटकारा दिलाइदिनु पर्यो |
सबैजानले सहयोग गर्न पर्यो भने पछी, बाहुन मनमनै सोच्न थाले " ओ हो ! के आपत आइलाग्याहो यो, म केही गर्न सक्दिन भन्यो भने त् एत्रो कमाएको इज्जत माटोमै मिल्छ फेरी कुनै उपायत लगाउनै पर्यो "
यती सोचेर बहुनले सबैजनालाई शान्तावना दिदै भने = " ठिकै छनी त , टाईमरुकालागी म यती जाबो कामत गरिदि हल्छुनी | अब आज बेलुकातिर एउटा गतिलो गाइको छाला तयार गरेर मलाई दिनु .................
कान्छा सार्की = " आमुइ नि त , बाहुन बजे भएर गाइको छाला किन नि ? "
बाहुन = अब तिमीहरुकालागी गर्नै पर्यो नि | चुप लागेर गाइको छाला मलाई दिएर सबैजना
चाडो सुत्नु | म त्यो गाइको छाला ओढेर त्यो बाघलाई ठीक पार्छु चिन्ता नगर |
यती कुरा भएपछी सबै जना पन्डितजिको जय जय भन्दै आ-आफ्नो घर तिर लागे |
केही बेरमै साँहिला सर्किले गाइको छाला बाहुनको जिम्मा लगायो र सबै जान आ-आफ्नो घरको झ्याल ढोका लगाएर सुत्छन |
भोली बिहान सबैजना मरेको बाघ हेर्नको लागि बाहुन भएको ठाउमा पुग्छन | बिचरा बाहुन घाइते आवस्तामा हुन्छन | सबै जना भेला भाईसकेका हुन्छन , यतिकैमा

कार्की साँहिला :- हैन होउ बाजे , झन बाघ मार्नु भयो होला भनेकोत आँफै यहाँ घायल हुनुहुन्छ त , कुरा के हो ?
त्यतिकैमा झोक्किदै बाहुन कड्किन्छन = " मलाई आरु कुरा थाहा छैन, राती त्यो साँढे छाड्ने
को हो .........!!!!!!!!"
को हो .........!!!!!!!!"
--- आशिश
0 comments: On Nepali Funny Story - बाहुन र बाघ
Post a Comment