Latest Update :

Event - मनिसा कोइराला बनिन मनिसा दाहाल


 'हाई प्रोफाइल' अभिनेत्री मनीषा कोइराला आजबाट मनीषा दाहाल बनिन । उनको बिहे परम्परागत हिन्दू संस्कृतिअनुसार युवा व्यवसायी सम्राट दाहालसित आज सम्पन्न भयो ।

मनीषा र सम्राटको शुक्रबार गोकर्ण रिसोर्टमा 'इन्गेजमेन्ट' भएको छ । रिसोर्टमा एक बजे शुभसाइत छोप्ने भनिएको थियो । तर, विभिन्न कारणले साइत सारेर सवा तीन बजे तोकिएको थियो । रिसोर्टको कार्यक्रममा मनीषा र सम्राटले एकअर्कालाई दुबोको माला लगाए । सहभागी सबैले ताली बजाएर औपचारिक इन्गेजमेन्ट कार्यक्रमको स्वागत गरेका थिए ।

यसअघि, इन्गेजमेन्टका लागि मन्डिखाटारस्थित मनीषाको घरमा बिहान आठ बजेदेखि नै कोइराला परिवारका आफन्तको चहलपहल थियो । करिब सवा १० बजेसम्ममा झन्डै सय जना आफन्त जम्मा भइसकेका थिए ।

सवा १० बजे नै ६० जनाको साथमा सम्राट मन्डिखाटार पुगे । उनीहरूको स्वागतमा बसेका घरबेटी पक्षले परम्परागत शैलीमा केटा पक्षलाई हुल लिएर आउनुका कारण सोधेका थिए ।

पण्डितसहितका घरबेटीहरूले केटा पक्षलाई सोधे, 'तपाईंहरू यति धेरै भएर हाम्रो घरमा किन आउनुभयो ? केही काम थियो कि !'

केटा पक्षले जवाफ फर्काए, 'यो घरमा कन्या छिन् भन्ने थाहा पाएर, माग्न आएका हौँ ।'

केटी माग्न जाँदा गरिने यो परम्परागत शैली हो । केटा पक्षसँग सोधपुछपछि आँगनमा राखिएका मेचमा सबैजना बसे । उत्तर मोहडा गरेर राखिएको सजावटयुक्त सोफामा सम्राट बसे । उनी कालोसुट-टाईमा सजिएका थिए ।

स्वागत कार्यक्रम सकिएपछि गुलावी सारीमा सजिएकी मनीषा मुस्कुराउँदै भित्रबाट संगीहरूसँगै आँगनमा निस्किइन् । र, सोफामा सम्राटको दाँयातर्फ बसिन् । मनीषा सम्राटसँग गपि"mदै थिइन् । बेउलीको जस्तो लजालुपन भने उनमा थिएन ।

मनीषा र सम्राट सोफामा बसेपछि वातावरण एकैछिन् 'फोटो सेसन' जस्तै भयो । उनीहरूको पछाडि भागमा उभिएर आफन्तले तस्बिर खिचाउन थाले । कसैले मोबाइल र कसैले क्यामरामा तस्बिर कैद गर्दै थिए । त्यसबीचमा मनीषाका बाबु प्रकाश, आमा सुष्मा र भाई सिद्धार्थले सम्राटसहित केटा पक्षलाई टीका लगाइदिए ।

फेरि केटी पक्ष र केटा पक्षबीच सोधपुछ भयो । केटी पक्षले सोधे, 'कन्या मन पर्‍यो कि परेन ? हाम्री छोरी कस्तो लाग्यो ?'

केटा पक्षले जवाफ दिए, 'कन्या हामीलाई मन पर्‍यो, लगनको शुभसाइत जुराऊँ ।' औपचारिक रूपमा शनिबारका लागि विवाहको दिन जुराइयो ।

दिन जुराएपछि मनीषा र सम्राटलाई फूलको माला लगाइयो । मनीषाकी आमाले सम्राटलाई सिक्री लगाइदिइन् भने बाबु प्रकाशले औँठी लगाइदिए । मनीषा भने सम्राटलाई हेरेर मुस्कुराइरहेकी थिइन् । मनीषाका लागि लगेका गहना पनि सम्राटले त्यतिवेला नै दिए । 'कन्या लिन आउन' भन्दै केटीपक्षले केटापक्षलाई निम्तोको जनैसुपारीसमेत दिए ।
लगनको साइत हेरेपछि मनीषा र सम्राट भलाकुसारीका लागि घरभित्र छिरे । उनीहरू करिब दस मिनेट गफिएका थिए । बाहिर रहेकाहरूले भने भोजका लागि राखिएको जेरीपुरी र तरकारी खाँदै थिए । गफ सिध्याएर उनीहरू पनि भोज खान बाहिर निस्कन खोज्दै थिए, तर आफन्तले बाटो छेके । खानेकुरा भित्रै ल्याइदिने भन्दै बाटोमा रोकेर तस्बिर खिच्न व्यस्त भए । केही बेरमै भित्रै खानेकुरा पुग्यो । खाइसकेपछि दुवैजना आँगनमा निस्के । त्यसपछि गोकर्ण रिसोर्टमा दिउँसो भेट्ने भन्दै सम्राट हिँडे । उनको गाडीको पछि-पछि केटा पक्ष सबै फर्किए । मन्डिखाटारमा करिब ४५ मिनेट कार्यक्रम भयो ।

 घरमा सामान्य कार्यक्रम गरेपछि दिउँसो गोकर्ण रिसोर्टमा अर्को कार्यक्रम भयो । मनीषा करिब साढे एक बजे सो रिसोर्टमा पुगिन् । सम्राट भने पौने तीन बजे रिसोर्ट पुगेका थिए । कालो गाडीमा गएका उनी रिसोर्ट गेटमा पुगेपछि अगाडि बसेका थिए ।


मनिसा एबम सम्राट्को दाम्पत्य जीवन सुखमय रहोस यही हम्रो शुभकामना

0 comments: On Event - मनिसा कोइराला बनिन मनिसा दाहाल

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.