Latest Update :

Nepali Comedy Poem - प्यारो कुर्सी


प्यारो कुर्सी
बस्दा तातो, हेर्दा रातो, आहा कस्तो नरम
नान्गै बसे पनि यो कुर्सीमा नहुने रैछ सरम ।
हार्दा-हार्दा म त हेर्नुस भाथे लखतरान
लाग्थियो अब यत्तिकै जान्छ क्या हो परान ॥

जित्नेहरु नानाथरि झगडामा लागे
म पो भये प्रधानमन्त्री धन्न मेरो भाग्य ।
अरु पुग्थे जितेर छाडिदिन्थे चटै
म जस्तो भाग्यमानी जादैन झटै ॥

आगै किन नलागोस वा होस धेरै चिसो
उठ्दिन म कुर्सिबाट टासिरैछु लिसो ।
अझै बस्छु महिनौ-महिना पत्याउ वा नपत्याउ
बहादुर भए आउ, मलाइ गलहत्याउ ॥
source :- [ कन्तिपुर डबली ]

0 comments: On Nepali Comedy Poem - प्यारो कुर्सी

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.