Latest Update :

हाफपाइन्ट लगाएर शिक्षकहरु विद्यालयमा

सरकारले पोशाक भत्ता वितरणमा विभेद गरेको जनाउादै झापाको तोपगाछीस्थित एउटा सरकारी विद्यालयका अस्थायी शिक्षकहरुले हाफपाइन्ट लगाएर अध्यापन गराएका छन् । सरकारले यो वर्ष देशभरका स्थायी शिक्षकहरुलाई मात्र पोशाक भत्तावापत् रकम दिने निर्णय गरेको छ । यो निर्णयबाट देशभरका हजारौं अस्थायी, राहत, पिसिएफ र निजी स्रोतका शिक्षक र कर्मचारी आक्रोशित छन् । सरकारले पोशाक भत्तावापत् शिक्षकलाई एक वर्षमा सात हजार रुपैयाा उपलब्ध गराउादै आएको छ ।

तोपगाछी–१ स्थित बाासवारी निम्नमाध्यमिक विद्यालयका ७ जना अस्थायी शिक्षकले मंगलबार हाफपाइन्ट लगाएर पढाएका हुन् । उनीहरु हाफपाइन्ट लगाएरै विद्यालय गएको र कक्षा पनि लिएको शिक्षक एनबी दाहालले बताए । विद्यालयमा सातजना अस्थायी शिक्षक छन् । उनीहरुले माग पूरा गराउन चरणवद्ध आन्दोलन गर्ने पनि जनाएका छन् ।

स्रोत : ब्लाष्ट टाईम्स

0 comments: On हाफपाइन्ट लगाएर शिक्षकहरु विद्यालयमा

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.