We all know Ramdev, we also know Baamdev one of the Politician of our Country but do you know about Jhwaamdev......? I also don't have any idea lets read the article by our famous comedian Manoj Gajurel as published on Saptahik Weekly.
५०० र १००० का नोट नछाप्ने माग मुनासिब छ। बिस्तारै १००, ५०, २० हुँदै सिक्काहरू पनि बन्द गर्नुपर्छ। 'पैसा' नै नभएपछि न भ्रष्टाचार, न व्यभिचार, न पुँजीपति, न सर्वहारा ! न लाउडा उडानको कमिसन-न काण्ड-सुडानको मिसन !
एक जना रामदेवविरोधी मित्रले भने- 'तिनको 'नानाभाँती' गर्दा पनि केही फाइदा भएन !' मैले जवाफ दिएँ- 'बिहान रामदेव, दिउँसो वामदेव, राति झ्वामदेव गरेपछि कहाँ फाइदा हुन्छ, नियमले पो गर्नुपर्छ त !' त्यसपछि उनले नियमित प्राणायाम थाले- अहिले उनी साँच्चिकै 'स्लिम' भएका छन्, मनका विकारहरू चिलिम भएका छन्। पंक्तिकारको अनुभव छ— रामदेव बाबाले आधुनिक मान्छेको मनलाई टल्काउने र शरीरलाई चम्काउने काम गरेको स्वीकार गर्नैपर्छ।
त्यसो त हाम्रो देशमा पनि 'राम'हरू नभएका हैनन् ! यस्तो लाग्छ- नेपाल राम नै रामको 'अयोध्या' हो। 'राम'वरण राष्ट्रपति, बाबु'राम' माओपति, 'राम'चन्द्र काङ्ग्रेसाधिपति, 'राम'कुमार न्याय-मूर्ति, 'राम'कृष्ण स्वर आपूर्ति, अरू थुप्रै 'राम'हरू त कति-कति ! दुर्भाग्य, 'भित्र राष्ट्र'का रामहरू कुम्भकर्ण भैदिए - मित्रराष्ट्रका 'राम' एक्लैले 'भ्रष्टाचारको लंका'मा आगो लगाइदिए ! तर, आगो दन्किन मात्र के लागेको थियो— मनमोहन बाले 'रामदेव'को विन्ध्याचल उठाएर हरिद्वारमा थन्क्याइदिए !
रामदेव भ्रष्टाचारविरुद्ध किन भैरवदेव बने ? सुन्दा 'भात-अचार' जस्तो लागे पनि 'भ्रष्ट'+'अचार'बाट भ्रष्टाचार बनेको हो। कानुनको दुरुपयोग मात्र होइन, समाजले बन्देज गरेका सबै काम भ्रष्टाचार हुन्। कुनै नायकले बहु-विवाह गरोस् वा गायकले अर्काकी 'बहु'लाई बाहुमा च्यापोस्- यी दुवै भ्रष्टाचार हुन्। 'युथ'द्वारा पत्रकारमाथि 'फोर्स' प्रयोग र पत्रकारद्वारा सञ्चारको दुरुपयोग पनि भ्रष्ट-आचारभित्रै पर्छन्, सायद, जवाफ यही नै हुनुपर्छ !
नेपाल-भारतबीच धेरै कुरामा समानता छ, त्यसैले बाबाको अभियानप्रति ऐक्यबद्धता हुँदाहुँदै केही कुरामा चाहिं मेरो 'नोट अफ डिसेन्ट' छ।
अरूलाई खान नदिनु 'परपीडा' हो भने आफू भोकै बस्नु 'आत्मपीडा' हो। ती भ्रष्टाचारीजनका लागि आफ्नो सदाचारी शरीर र मनलाई अनसन बसाल्नु अधार्मिक कर्म हो। भोक हड्ताल त तिनले बस्ने हो, जो भ्रष्टाचारको भतेर खाएर भ्यागुतोजस्ता भएका छन्। तिनका आन्द्राहरूले पनि छक्क पर्दै भनून्— आज त केही ल्याएन, मरेछ कि क्या हो !
'भ्रष्टाचारीलाई मृत्युदण्ड'को मागमा मेरो समर्थन हुँदाहुँदै गोली हानेर, डोरीमा बाँधेर, सुई रोपेर, छुरा घोपेर मार्ने कुरामा मेरो विमति छ। साउदीमा जस्तो टाउको काटेर हैन, 'कुरा काटेर' भ्रष्टाचारीलाई सिध्याउनुपर्छ। चीनमा जस्तो फाँसीमा हैन, नियमको बलियो फन्दामा झुन्डयाउनुपर्छ। भ्रष्टाचारीलाई गोलीले हैन, बोलीले उडाऔं— सामाजिक बहिष्कार गरौं ! आत्मा, परमात्मा र प्राणी अधिकारका कुरा गर्नेले मृत्युदण्डको माग गर्दा, प्रस्तावित 'भारत स्वाभिमान पार्टी'को विधान हो कि स्वामी रामदेवको अभियान हो- हामी 'जुनियर जोगी' कन्फ्यूज भएका छौं !
विदेश लगेको भारतको सम्पत्ति फिर्ता गर्नुपर्ने बाबाको मागमा हाम्रो निःशर्तः समर्थन छ। अंग्रेजले लुटेर लगेका अपार खजाना भारत फर्काएपछि, भारतले मिचेर लगेका हाम्रा नदी-सिमाना पनि नेपालले फिर्ता पाउँछ भन्नेमा हामी ढुक्क छौं। 'फिरङ्गी संस्कृति'बाट 'भारत माता'को रक्षा हुँदा 'तिरङ्गी विकृति'बाट नेपाल माताको पनि सुरक्षा हुने कुरामा निर्धक्क छौं। मृत्युशैय्यामा लम्पसार 'सिंह दरबार वैद्यखाना'ले पनि पतञ्जली योग केन्द्रले जस्तै सयौं रोपनी जग्गामा जडिबुडी उद्योग चलाउन सक्नेमा विश्वस्त छौं !
५०० र १००० का नोट नछाप्ने माग मुनासिब छ। बिस्तारै १००, ५०, २० हुँदै सिक्काहरू पनि बन्द गर्नुपर्छ। 'पैसा' नै नभएपछि न भ्रष्टाचार,
न व्यभिचार, न पुँजीपति, न सर्वहारा ! न लाउडा उडानको कमिसन-न काण्ड-सुडानको मिसन ! दालभात तरकारी, जीउ धन सरकारी ! धर्ती हाम्रो घर, आकाश हाम्रो छाना- छानामुनि बरोबरी हामी सबै जना ! सायद, 'वैदिक साम्यवाद' भनेको यही नै होला !
0 comments: On Ramdev, Baamdev and Jhwaamdev By Manoj Gajurel
Post a Comment