Latest Update :

Nepali Story - मिलनबिनाको प्रेम


Have you ever hared love affirs between Teacher and Student, any way this is not about the affair but you can say it as offline affair. Here we have मिलनबिनाको प्रेम from our Weekly magazine Saptahik. Enjoy Reading it.

मिलनबिनाको प्रेम

मलाई के थाहा ? तिमी मलाई हृदयदेखि नै चाहन्छौ भन्ने कुरा । म पनि तिमीलाई चाहन्थंे, तिमी पनि मलाई चाहन्थ्यौ, जुन कुरा थाहा नपाउनु तिम्रो मात्र होइन, मेरो पनि ठूलो भूल भयो । तिम्रो अन्तरआत्मादेखिको आवाज मेरो सामु आइपुग्ने तिम्रो प्रेम र मेरो हृदयबाट सिर्जित प्रेम तिमीसम्म पुग्ने माध्यमको अभाव थियो ।

'यो के कारणले भयो ? थाहा छ ?' यसको प्रमुख कारण नै तिमी विद्यार्थी र म शिक्षक हुनु हो । के गर्नु समय र परिस्थितिले प्रेमी-प्रेमिकाका रूपमा स्थापित नगराई हामीलाई शिक्षक र विद्यार्थीका रूपमा उभ्याई प्रेमको नाटक गर्न बाध्य बनायो । शिक्षक भएर विद्यार्थी सामु उभ्याएपछि नियम, परिधि र कर्तव्यभित्र बाँधिनुपर्दाे रहेछ ।

त्यसैले आज म आफ्नो पहिलो प्रेमलाई आन्तरिक हृदयमै सीमित पार्न बाध्य छु । के गर्नु, शिक्षक भएर विद्यार्थीसामु प्रेमको याचना गर्नु अनुचित हुँदो रहेछ ।

तिमीले यदि 'म तपाईंलाई माया गर्छु' भनेर भनेकी भए सायद म आफ्नो पदबाट तल झरेर पनि तिमीलाई स्वीकार गर्थें, तिमीले पनि सक्थ्यो न आफ्नो विद्यार्थी परिधिलाई तोडन् । त्यसैले त आज म 'इफ यु वान्ट टु बि चेन्ज द ओल्ड, मस्ट स्टार्ड र्फम यु' भन्ने सिद्धान्त अध्ययन गर्दै पश्चात्ताप, आत्मग्लानि भै तिम्रो यादमा तड्पिन बाध्य छु, तर तिमी दुःख नमान संसारको रीत नै यस्तै रहेछ ।

आज थाहा पाएँ तिमी मलाई चाहँदा-चाहँदै मबाट केही नभएपछि मप्रतिको पवित्र मायालाई थाँती राख्दै अरू कसैको माया स्वीकार गर्न बाध्य भइछयौ । ठीकै छ, कुनै ढोका ढकढक्याउँदा नखोलिएपछि तिमीले फेरि प्रयास गर्नुपर्ने हो । 'ढोका ढकढक्याउन नछोड, एकदिन अवश्य खुल्नेछ' भन्ने सिद्धान्त थाहा रहेनछ तिमीलाई ।

विकास

0 comments: On Nepali Story - मिलनबिनाको प्रेम

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.