Latest Update :

Nepali Movie - Dash Dhunga - Movie Review


Every body knows the story of Dashdhunga where the leader of Nepal Communist Party " Madan Bhanddari " and " Jivraj Aarit " were in killed in the car accident. Apil Bista has tried to show this event in Picture, Lets checkout short review from Saptahik Weekly.

जेठ ३, ०५० को दिन नेपाल कम्युनिस्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा केन्द्रीय सदस्य जीवराज आश्रति जीपमा पोखराबाट चितवन जाँदै थिए । जीपलाई चालक अमर लामाले चलाएका थिए । राजमार्गको दासढुंगा भन्ने ठाउँमा पुगेपछि अनायासै जीप नारायणी नदीमा खस्यो ।

उक्त दुर्घटनामा भण्डारी र आश्रतिको निधन भयो भने चालक लामा बाँच्न सफल भए । चलचित्र 'दासढुंगा'को कथा यहीँबाट आरम्भ हुन्छ । अहिलेसम्म रहस्यमै रहेको मानिएको उक्त दुर्घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र 'दासढुंगा'मा रहस्यको पर्दाफास गर्न खोजेका गतिविधिलाई कथानक स्वरूपमा समेटिएको छ । चलचित्रको अर्को पाटोमा दुर्घटनाको छानबिन भैरहँदा कीर्तिपुरमा टाउकोमा तीन गोली हानेर मारिएका चालक अमर लामाको हत्याको रहस्य पनि केलाउने प्रयास गरिएको छ । यथार्थवादी तथा रहस्यात्मक यो चलचित्रको निर्माण अपिल विष्टले गरेका हुन् ।

आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'दासढुंगा'मा अनुप बराल, किरण कुँवर, दयाहाङ्ग राई, सञ्चिता लुइँटेल, सौगात मल्ल, बीएस राणा, रामशरण पाठक, विश्व बस्नेत आदि कलाकारले अभिनय गरेका छन् । चलचित्र 'दासढुंगा'का छायाकार पुरुषोत्तम प्रधान हुन् ।


दासढुंगामा हराइन् सञ्चिता

'खै त ? म पनि यो चलचित्रमा छु भन्ने कुराको प्रचार किन नगर्नुभएको ?' नायिका सञ्चिता लुइँटेलले निर्माता अपिल विष्टसँग प्रश्न तेस्र्याइन् । लामो समयपछि भेटिएकी नायिकाको ठाडो प्रश्नले अपिल एकैछिन अक्क न बक्क भए । जे नतेन प्रयास गरेर सेन्सरबाट उम्काइएको चलचित्र 'दासढुंगा' चल्ने बेला भएपछि मुम्बईबाट फर्किएकी नायिकाले झट्ट त्यस्तो प्रश्न तेस्र्याउँदा बिचरा युवा निर्माता अलमलिनु स्वाभाविक थियो । जसोतसो आफूलाई सम्हालेपछि उनले प्रतिवादको शैलीमा भने- 'किन गर्‍या छैन र ? एउटा पोस्टरमा तपाईं पनि त हुनुहुन्छ ।' सञ्चिताले आफ्नो सुमधुर मुस्कान छर्दै भनिन्- 'त्यतिले पुग्यो

त ?' अपिललाई त्यतिबेला कलाकारहरूको चित्त बुझाउन गाह्रो भएको महसुस भएछ । यद्यपि सञ्चिता समझदार कलाकार भएकीले उनलाई सोचेजति गाह्रो भएनछ । 'फरक धारको चलचित्र हो, त्यसैले यसको पब्लिसिटी फरक छ । चलचित्रमा उनको भूमिका गहन छ, तर मूल विषयको प्रचारमा उनको उपस्थितिले असर गर्ला कि भन्ने लाग्यो । किनकि उनी मूलधारकी नायिका हुन् । जहाँ नायिकाको अनुहार देखाएर चलचित्र बिकाइन्छ । मलाई त्यसो गर्नु थिएन, तर पनि दासढुंगामा सञ्चिता हराएकी छैनन् । चलचित्रभन्दा अघि सबै मूल कलाकारहरूको एक-एकवटा सिंगल पोस्टर पनि सार्वजनिक हुनेछ,' -अपिलले सञ्चितालाई प्रचारमा कम समेटिएको कारण सुनाए । सिंगल पोस्टर देखेपछि सञ्चिताको गुनासो कम होला कि ?


Checkout the Trailer of Dahsdhunga

0 comments: On Nepali Movie - Dash Dhunga - Movie Review

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.