Latest Update :

Nepali Rachana - Jindagi Kaha Bata Kaha Samma

Well another new Story in our Nepali Lekh tatha Rachana Haru. This week the story " जिन्दगी कहाँबाट कहाँसम्म "   from Saptahik. Check it out Below - Enjoy Reading and leaving Comments.
मेरो जीवन सानैदेखि अलि दुःखदायि तरिकाले उकाली लाग्दै गयो । घर नजिकैको स्कुलमा पढ्दा मेरो जीवन कहिले हाँसो त कहिले रोदन, कहिले खुसी त कहिले दुःखमा अघि बढेको थियो । कतिपय गोरेटोमा मलाई पनि हाँस्ने-हँसाउने मन थियो तर सकिँदैनथ्यो । मेरो पनि रहर थियो जताततै फूल फूलाउने तर सकिन । जब म ठूलो भए र जवानीले छोयो तब साथी भाइहरूसँग हिँड्डुल गर्न थाले । मेरो जीवनले धमिलो मोडलियो । यद्यपि जीवन खोलासरि बगिरह्यो । मेरो स्कुलको पढाइ पनि माथि चढ्दै थियो ।

जब म कक्षा आठमा पुगे जीवनले फेरि अर्को मोड लियो । मेरो जीवनमा कोही जोडिन आयो जसका कारण अध्ययनतर्फ ध्यान कम भयो । मेरो पढाइ बिग्रन थाल्यो । म सधैँ उनैसँग बसी हाँस्दै जीवन बिताउन थालें । उनकै कारण मैले सबैलाई बिर्सन थालेे । म एकान्त प्रेमी बन्न पुगे । एकान्तमा रहँदा पनि उसकै सम्झना र कल्पनामा समय जान्थ्यो । उनीसँगै रमाउँदा-रमाउँदै जिन्दगीमा ठूलो आँधी आयो । मानिस यति ठूलो विश्वासघाती हुन्छ भन्ने मलाई थाहा थिएन । जसको मैले विश्वास, आशा एवं भरोसा गरेको थिएँ- उनैले धोका दिइन् । उनले कयौँ बाचा कसमहरू खाएकी थिइन्, सबै तोडिन् ।

मैलाएका प्रेमका मुनाहरू ओइलिए । जीवन आँसुमा बदलियो । बहुलाएको खोला जस्तै मेरो जीवन पनि बहुलायो । मेरो जीवन फेरि शून्य संसारमा पुग्यो । बल्ल थाहा भयो- जीवन के रहेछ ? जिन्दगीलाई घिसार्दै बाँचिरहेे । जब म फेरि उज्यालोतर्फ लागेँ तब फेरि पागल भँए । त्यो जिन्दगीका बारेमा बुझ्दा त म एउटा कथामात्र रहेछु, जसलाई दुनियाँले थुकेको रहेछ । म हजार थरिका नामले चिनिएको रहेछु । म आफू फूल भनेको त सबैको आँखाको छारो बनेछु । सबैको मायामा हाईहाई म आज सबैको घृणित बनेछु । जिन्दगी त खाल्डोमा परेछ । मैले भाइको सहयोग पाए र उक्त खाल्डोबाट उम्कन सफल भए ।

जब म १० कक्षामा पढ्थे जिन्दगीले फेरि एउटा नयाँ मोड लियो । रोजगारीका कारण म अनेक ठाउँ डुल्न थाले पढाइप्रति आकषिर्त कम भयो जसले गर्दा पढाइ बिग्रन थाल्यो । पहिलो पटक लाहुरे हुने इच्छा जाग्यो तर नागरिकता नभएका कारण सफल हुन सकिन । दोस्रोपल्ट पनि सफल हुन सकिन जसका कारण मैले फेरि अध्ययनतर्फ ध्यान केन्दि्रत गर्ने प्रयास गरेँ ।


स्कुलको पढाइ सकियो । एसएलसी दिएर फेरि जागिरको खोजी गर्न थाले तर पाउन सकिन कहिले मुग्लिङ बजार त कहिले खैरेनी अनि कहिले कुरिनटार, कहिले नाराणगढ-भरतपुर चितवन यस्तैमा जिन्दगी बित्न थाल्यो । विदेश जाने प्रयास पनि गरेँ । जिन्दगीमा खोजेको-चाहेको चिज पाउन गाह्रो छ । मैले पनि त्यो पाउन सकिन । केही गर्न नसकेपछि केही गर्न हुन्छ कि भनेर मुग्लिनमा कम्प्युटर पढ्न थाले जसका कारण मैले फेरि घरको कुनै पनि काम गर्न सकिन ।

यस्तै छ जिन्दगी खोलोसरि बगिरहन्छ । जिन्दगी जहाँ पुग्छ त्यसरी नै बित्छ ।

-देवु

0 comments: On Nepali Rachana - Jindagi Kaha Bata Kaha Samma

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.