Latest Update :

Nepali Story - Yesto Natak


This is a love story which ends without any reason. Love is pure itself but some people are there who finishes the actual meaning of Love. Enjoy this Story i grabbed from Saptahik Weekly.

कुरा सात वर्षअघिको हो, घर हेटौंडा भए पनि म मामाको घर बसेर पढ्थें ।
विद्यालय जीवनका दिन बित्दै जाँदा ९ कक्षा पनि कति चाँडो सकिएछ, थाहै भएन, कक्षा ९
को वाषिर्क परीक्षाको नतिजा निस्कँदा म चौथो भएँ ।
कक्षा १० को प्रारम्भसँगै हामीसँगै पढ्ने युवतीले मेरासामु प्रेम प्रस्ताव राखिन्, मैले नकार्न सकिनँ, म तिमीलाई माया गर्छु भन्न नसके पनि म पनि उनलाई भित्रभित्रै मन पराउन थालिसकेको थिएँ, हामी सँगै घुम्न जान्थ्यौं । दिन रमाइलैसँग बितिरहेका थिए ।

एसएलसी आयो । हामी दुवैले परीक्षा दियौं । म द्वितीय श्रेणीमा उत्तीर्ण भएँ भने उनी अनुत्तीर्ण भइन् । म हेटौंडामै बसेर पत्रकारिता विषय लिई अध्ययन गर्न थालें भने उनी पाँचौ पटक बल्ल एसएलसीमा उत्तीर्ण भइन् । त्यसपछि उनी राजधानीमा शिक्षा संकायमा पढ्न थालिन् । फोनमा हाम्रो दैनिक तीन-चार पटकसम्म कुरा हुन्थ्यो । बेला-बेलामा म उनलाई भेट्न काठमाडौं नै आउँथें ।

बीए तेस्रो वर्ष सकेर म जागिरका लागि काठमाडांैमा आएँ, उनी काठमाडौंमै भएका कारण मलाई यहाँ आउन मन लागिरहेको थियो । उनी पनि आईएड सकेर बीएडका लागि भर्ना भएकी थिइन् ।

काठमाडौं बसाइका क्रममा उनी मकहाँ आउँथिन् । एक दिन हामी पशुपति मन्दिर घुम्ने क्रममा एक युवकसँग परिचय भयो । एक्कासि उनको मोबाइलमा म्यासेज आयो, अर्थात् केही बेरअघि भेटिएका ती मित्रको । म्यासेजमा लेखिएको थियो, 'म फुटबल हुँ र ? जसले पनि किक हान्ने, तिम्रो ब्याइफ्रेन्ड रहेछ, किन मसँग मायाको नाटक गर्‍यौ ?' म आत्तिएँ अनि सोधें— 'के हो यो ? उनले भनिन्— 'ऊ मलाई मन पराउँछ तर म त्यसलाई बाल दिन्नँ, यो एकोहोरो पे्रम हो ।'

विश्वास नगर्नु पनि कसरी ? त्यसपछि हामी त्यहाँबाट बिदा भयौं । छुट्टनि नपाउँदै उनको म्यासेज आयो, 'म तँलाईं माया गर्न सक्दिनँ, म उसलाई माया गर्छु ।'

म झसंग भएँ । कुरा बुभmदा थाहा भयो, उनीहरू कुमारीपाटीस्थित एक घरमा छुट्टा-छुट्टै कोठा लिएर बस्दा रहेछन् । मलाई उनले भनिन्, 'सँगै बस्दा हामीहरूबीच माया बस्यो ।

मलाई छोड्नुको कारण उनलाई धेरै पटक सोधें तर जवाफ आएन । फोन गर्छ भनेर नै उनले मोबाइलको सिम परिवर्तन गर्दै आएकी छिन् । कुरा नभएको झन्डै १० महिना हुन लागिसकेको छ । जे भए पनि अहिले उनले मलाई चिन्दिनन् । मलाई उनले नचिने पनि उनको प्रेमले सार्थकता पाओस्, उनको जीवन सुखी होस्, म उनको सुखमै रमाउन चाहन्छु ।

—प्रकाश

0 comments: On Nepali Story - Yesto Natak

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.