Latest Update :

Nepali Movie Flash Back - Farkera Herda


In the banner of Gopi Krishna Movies Nepali Movie " The Flash Back " is out now. Although the kissing scene of Yuna Uprety and Aryan Sigdel is awaited by most OF the Nepali Viewers are ready to watch th e charm. Lets checkout in detail By Nepal Samachar Patra.


नेपाली चलचित्रको निर्माण वितरण र प्रदर्शनको सबैथरी काम गर्दै आएको गोपीकृष्ण मुभिजद्वारा निर्मि्रत पछिल्लो चलचित्र फ्ल्यासब्याक फर्केर हेर्दा देशभर छाएको छ।

गत बिहीबार राजधानीको गोपीकृष्णस्थित आफ्नै हलमा प्रिमियर गरी शुक्रबारदेखि एकसाथ देशभर प्रदर्शनमा आएको यो चलचित्र प्रेम र संगीतको मिश्रणका रुपमा छाएको छ। चलचित्र जहाँ जहाँ प्रदर्शनमा आएको छ त्यहाँ त्यहाँका दर्शकले यसलाई रुचिका साथ हेरिरहेका छन्। त्यसो त चलचित्रको एउटा विषय यसमा रहेको नायक-नायिकाबीचको चुम्बन दृश्य भएको छ। दीपक श्रेष्ठले नेपाली रजतपटमा ब्रेक दिएकी तथा विशेष गरी उनकै मात्र चलचित्रमा देखिने नायिका युना उप्रेती र नायक आर्यन सिग्देलबीचको चुम्बन दृश्यले चलचित्रको खास मसलाका रुपमा चर्चा पाउँदै आएको छ। दीपकका चलचित्रमा सामान्य भूमिकामा देखिँदै आएकी युनाले दयाराम दाहालद्वारा निर्देशित यस चलचित्रमा आर्यनसँग यसरी चुम्बन दृश्य दिएकी छिन् कि हेर्नेहरु जिब्रो टोक्छन्। चुम्बन दृश्यमा आर्यन आत्तिएका देखिन्छन् तर युना भने सामान्य लाग्छिन्।

झापा संवाददाता भूपेन्द्र तिम्सिनाले जनाएअनुसार ग्रामीण क्षेत्रमा बसेर खेती किसानी गर्ने र विदेशी शहरमा आलिसान जिन्दगी बिताउनेबीच प्रेमको डोरोले कसरी नजिक्याउँदो रहेछ भन्ने कथा बोकेको यो चलचित्रलाई हेर्न दर्शकको भीड बढेको छ।

गोपीकृष्ण मुभिजले महत्वकांक्षीको सूचीमा राखेको चलचित्र पूर्वमा पाथिभारा दमक अन्नपूर्ण बिर्तामोड र गणेश टाकिज धरानका साथै राजधानी र पश्चिमका २५ वटा हलमा एकसाथ प्रदर्शन भइरहेको छ। चलचित्र घरानाका निर्माण एवम् प्रचार-प्रसारमा माहिर निर्माता उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्र यसअघिको प्रचार-प्रसारबाट प्रभावित दर्शकले प्रदर्शन शुरुदेखि नै पूर्वका हल खचाखच बनाएका छन्।

चलचित्रको कथाअनुसार चरम भोगविलासको आनन्द लिइरहेको युवक आर्यन गाउँमा गाई पालेर खेतीपातीको परिश्रममा आनन्द महसुस गरिरहेकी युवती युना लाई प्रेम गर्छ। युनालाई पाउन उसले युनाकै घरमा बसेर गोठ र खेतीको काम गरी दाजु निखिल को मन जितेर प्रेम परीक्षा उत्तीर्ण गरेको कथा चलचित्रमा छ। चलचित्र खासै फरकखालको नभए पनि यसमा आर्यनको आफ्नै मौलिकशैलीको चटपटेपना तथा प्राविधिक विशिष्टता पछ्याउँदै व्यावसायिक मसलाको मिश्रण गरेको पाइन्छ। जसले गर्दा बढिमात्रामा टिनएजर दर्शकबाट यसमा व्यावसायिक सफलतामा सहयोग पुग्ने देखिएको छ।

दयाराम दाहालको लेखन र निर्देशन रहेको चलचित्रमा गीत डा. भोला रिजाल दयाराम दाहाल डा. विश्वनाथ प्रेम र दयाराम पाण्डेको गीत सुरेश अधिकारीको संगीत कविराज गहतराजको नृत्य राजुविक्रम थापाको छायांकन रहेको छ। निखिल उप्रेती आर्यन सिग्देल युना उप्रेती रेजिना उप्रेती जेनिशा केसी नीता पोखरेल निर शाह रमेश बुढाथोकी आरपी पन्त रवि गिरी मुकुन्द थापा विष्णु सापकोटा सुष्मा कार्कीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।


Watch Song - Yo Pagal Mann From The Flash Back

0 comments: On Nepali Movie Flash Back - Farkera Herda

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.