Saptahik weekly
सायद आज तिमी कसैको खुसीमा सुवास छर्दैछौ तर म तिमीबिना पानीबिनाको माछाजस्तै भएको छु । सायद यो माछाको अन्त्य एकदम नजिक छ तर तिमी त्यो बालुवा हौ जसले छट्पटिरहेको माछालाई सहाराको सट्टा तातो बाफ दिन्छ्यौ अनि छट्पटाइरहेको हेरेर रमाइलो गछ्र्यौ । तिम्रो र मेरो मिलन धेरै लामो थिएन, तर पनि प्रेमलाई मुटु सम्झनेहरूका निम्ति यो प्रेम नै अमृत हुँदो रहेछ ।
मैले प्रेमलाई खेलौना सम्झन नसक्नु सायद भूल थियो तर म यो भूललाई सच्याउन चाहन्नँ । तिमीपछि मेरो जीवनमा धेरै आउन खोजे पनि म कहिल्यै प्रेमको पछि लागिनँ तर तिमीले फोन गरेपछि र बहिनीको कुरा सुनेपछि म एक्कासी तिमीप्रति आकषिर्त हुन पुगें । त्यतिबेला तिमीले पनि मेरो प्रस्ताव स्वीकारेकी थियौ । पsmलस्वरूप तिमीलाई मुटुको एक कुनामा सजाएँ । तिम्रै आग्रहमा अनेक कष्ट बेहोर्दै तिमीसामु पनि आएँ । त्यसका निम्ति पनि तिमीले नै आग्रह गरेकी थियौ । यदि म तिम्रा निम्ति उचित थिइनँ भने किन मलाई जोकर बनायौ ? के तिम्रो उद्देश्य कसैलाई रुवाउनु नै हो । म प्रश्न गर्छु ? किन मसँग प्रेमको खेल खेल्यौ ? प्रेमजस्तो पवित्र शब्दलाई किन बुझ्न सकिनौ ? म तिम्रै निम्ति जीवनभर बस्ने अनि तिमी कसैका निम्ति जीवन त्यत्तिकै बिताउने । हामीले यो जीवन यसकै निम्ति पाएका हौं त ?
म तिम्रो विछोडमा पागलसर िभैसकेको छु । तिमीलाई बिर्सने अनेक प्रयास गरे पनि किनकिन तिमीलाई बिर्सन सकिनँ, फलस्वरूप तिम्रै निम्ति यो जीवन सुम्पने अठोट गरेको छु । आज तिम्रो फोन नम्बर नभए पनि म केवल तिम्रो तस्बिरलाई अँगालेर पतझड जीवन जिउँदै छु ।
- राजन
0 comments: On Unkai Parkhai
Post a Comment