'नाच्न भनेपछि म पछि पर्दिनथेँ । अहिले मेरो पेसा यही भयो,'- पहिलो पटक भेट्दा नै रियाले आफ्नो परिचय यसरी दिइन् । चलचित्र, म्युजिक भिडियो तथा रंगमञ्चमा मात्र होइन,
रियाले दुबईलगायत खाडी मुलुकमा पनि आफ्नो नृत्यकला प्रस्तुत गरेर प्रशंसा बटुलिसकेकी छिन् । 'मेरा बारेमा लेख्दा मोडल भनेर नलेख्नुहोला, किनभने म मोडल मात्र होइन,'- उनले आफ्नो परिचयमा 'नवनायिका' थपिदिन आग्रह गर्दै भनिन् । निकट भविष्यमा उनी सोभित बस्नेत आदि निर्देशकका चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्दैछिन् । अभिनय र नृत्यलाई उनी आफ्नो 'प्यासन' बताउँछिन् । काठमाडौं, कोटेश्वरनिवासी रियाले आफ्नो व्यक्तिगत जीवनका पानाहरू पनि पल्टाइन् र भनिन्- 'मैले जीवनमा साँचो माया गर्दा धोका पाएँ । त्यही माया र विश्वासका कारण मैले जीवनको केही वर्ष ऊप्रति समर्पित गर्दै आफ्नो करियरमा अघि बढ्ने ढोका बन्द गरेँ । अहिले पनि ढिलो भैसकेको छैन । अब म बनावटी मायामा विश्वास गर्दिनँ ।' उनको अनुभवमा प्रेममा यौनको भूमिका क्षणिक हुन्छ । विपरीत लिंगीप्रतिको आकर्षणले प्रेम पलाए पनि त्यसको मूल जरो यौनसाग सम्बन्धित हुने रियाको धारणा छ । यद्यपि मनैदेखि गरिने प्रेम अचेल निकै कम हुने उनको बुझाइ छ । अभिनेत्री भएपछि शरीर प्रदर्शन गर्नु सामान्य मान्छिन् उनी । 'भूमिकाअनुसार आफ्नो सुन्दरताको प्रदर्शन त्यतिसम्म गर्नुपर्छ, जहाँबाट त्यो भल्गर नदेखियोस् ।'
source :- saptahik weekly
Checkout some beautiful snapshots of Riya Shrestha by sarasansar.com
0 comments: On Ria - Nepali Sexy Model and Upcoming Actress
Post a Comment