Latest Update :

Uma Thapa - Beautiful Nepali Model

 

इन्द्रचोक, काठमाडौंमा जन्मिएकी उमा थापा पद्मकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन । उनी विगत छ वर्षदेखि नेपाली मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । छ वर्षअघि आयोजित रेज फेसन शोमा क्याटवाक गर्दै ग्ल्यामर क्षेत्रमा आएकी उमाले फेसन विक, डिजाइनर कन्टेस्टजस्ता स्तरीय फेसन शोमा पनि क्याटवाक गरिसकेकी छिन् । ५ फिट ५ इन्च अग्ली उमा र्‍याम्प शोमा मात्र रमाउन सक्छिन् । 'ब्युटिफूल गर्ल नक्कल नपार...' गीतको रिमिक्स भर्सनको म्युजिक भिडियोमा अभिनय गरेदेखि उनलाई दोस्रो भिडियोका काम गर्ने रहर जागेन । एउटा हाउजिङक कम्पनीमा कार्यरत उमा स्तरीय फेसन शोमा मात्र काम गर्न चाहन्छिन् । आधा दर्जन विज्ञापनमा मोडलिङ गरिसकेकी उमा क्याजुअल वेयरकी पारखी हुन् । 'मास्टर्स गरेपछि अध्यापनको क्षेत्रमा पनि जान सक्छु,' विगतमा स्कुल टिचरको अनुभव सँगालिसकेकी उमाले भनिन् ।
-- saptahik

0 comments: On Uma Thapa - Beautiful Nepali Model

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.