Latest Update :

Rejina Uprety started to Go JIM


Rejina Uprety one of the stunning and Hot Actress of Nepali Movie Industry, came into light after her clothes off scene in Nepali Movie HUNGAMA.

नायिका रेजिना उप्रेती 'बडी' बनाउन जिमखाना जान थालेकी छिन् । पछिल्ला दिनमा केही मात्रामा भुँडी लागेको अनुभव भएकाले जिम गर्न थालेको बताउँछिन्, उनी ।
उनी अचेल हरेक साँझ कमलपोखरीस्थित एउटा जिमखानामा एक्सरसाइजरत हुन्छिन् । 'एक साता भयो, जिउ दुखेर मर्नु हुन्छ' भर्खरै मात्र जिम गर्न सुरु गरेकी रेजिनाले भनिन्, 'एक्सरसाइज गर्न छाडेको धेरै भएको थियो । फेरि सुरु गर्दा गाह्रो हुँदोरहेछ ।'
पछिल्लो समयमा धेरै समय घरमै बसेकाले आफ्नो वजन बढेको उनले बताइन् । 'ठूलो काम खासै केही गरिनँ । जसका कारण धपेडी पनि भएन,' उनले भनिन्, 'आगामी फिल्ममा बबाल देखिनका लागि एक्सरसाइज सुरु गरेकी हुँ ।' आफूले पनि फिल्म निर्माण गर्न लागेको बताउँछिन्, उनी ।
'अहिले म्युजिक सिटिङ भइरहेको छ,' नामकरण भइनसकेको आफ्नो फिल्मकै लागि आफूलाई तयार गर्न जिमखाना गइरहेको बताउँदै उनले भनिन्, 'अब बिल्कुलै फरक गेटअपमा आउँछु । त्यसकै तयारी गरिरहेकी छु ।'
(NAYAPATRIKA)

0 comments: On Rejina Uprety started to Go JIM

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.