Latest Update :

Nikhil Accepted His Marriage with Sanchita


From Many Days Actor Nikhil Uprety and Beautiful Actress were focused about their secret Marriage. Sometime it was said that Nikhil was not accepting the Marriage and also His wife and family were unknown about their Marriage. But Now Nikhil had accepted his Marriage with Sanchita  more from Nepal Samaharpatra : -

आफू र नायिका सञ्चिता लुइँटेलको विवाहका सम्बन्धमा जतिसुकै विवाद चले पनि मौन रहँदै आएका नायक निखिल उप्रेतीले अन्ततः नेपाल समाचारपत्रलाई एक पत्र लेखी बिहे स्वीकार गरेका छन्।

दुई वर्षअगाडि सर्लाहीस्थित आफ्नै गाउँको भुवनेश्वरी मन्दिरमा सामान्य विधि पूरा गर्दै गुपचुप रुपमा बिहे गरी तीन महिनादेखि नायिका लुइँटेलसँग मुम्बईमा एउटै फ्ल्याटमा बस्दै आएका निखिलले नेपाल समाचारपत्रलाई आइतबार आफ्नै हस्ताक्षरमा लेखी इमेल पठाएर सञ्चितासँग विवाह गरेको स्वीकारेका हुन्।

इमेलमा सञ्चिताले भन्दै आएजस्तै आफूले दुई वर्षअगाडि सर्लाहीस्थित आफ्नो गाउँको भुवनेश्वरी मन्दिरमा बुबाआमालाई समेत साक्षी राखी सञ्चितासँग बिहे गरेको आफ्नी पत्नी कोपिलालाई थाहा भएको उल्लेख गर्दै उनकै धम्कीका कारण बिहेबारे चुप बसेको इमेलमा लेखेका छन्। कोपिलालाई ‘पूर्वपत्नी’ भनेर सम्बोधन गरिएको इमेलमा निखिलले लेखेका छन् ‘मेरो र सञ्चिताको बिहेको बारेमा मेरी पूर्वपत्नी कोपिलालाई थाहा थियो।

उसले सञ्चितासँग बिहे गरेको सार्वजनिक नगर नत्र तेरो आमाबुबालाई जलाएर खरानी बनाइदिन्छु र तिमीहरुलाई बदनाम गरिदिन्छु। तँ नायक त्यो नायिका तिमीहरु घुम बस जे गर मलाई मतलब छैन। तर तैँले कमाएको जग्गा घर गाडी मलाई चाहिन्छ र सञ्चितासँगको सम्बन्ध सार्वजनिक गर्नुहुँदैन’ हस्ताक्षर गरी औंठाछापसमेत लगाइएको ईपत्रमा उनले लेखेका छन् ‘मेरो छोराको पास्नीमा आइज त्यहाँ मेरोमात्र परिवार माइती हुन्छ। म त्यसपछि सम्बन्ध बिच्छेद गरिदिन्छु भनी म गएँ। गएपछि तँ त मेरो कमाइ खाने भाँडा म सम्बन्ध बिच्छेद गर्दिनँ। यदि तैंले कट गरिस् भने २ ३ वटा विषको गोली खान्छु त्यसपछि तँ र त्यो जीवनभर जेलमा बस्नु भनेपछि मेरो आँखाअगाडि अँध्यारो भयो र मैले जग्गा घर गाडी बेचेको पैसा कोपिलालाई दिएर मेरो देश नेपाल मेरो चलचित्र उद्योग र जीवनभर कमाएको सम्पत्ति त्यागेर बम्बईमा सञ्चितासँग डेरामा बसेको हुँ।’ कसमसमेत खाँदै उनले लेखेका छन् ‘पशुपतिनाथको कसम मेरो जीवन नर्क भयो मलाई बाँच्न मन लाग्न छोड्यो। म यदि गलत लाग्छ भने मलाई माफ गर्नुहोला।’

निखिलको इमेलपछि निखिलपत्नी कोपिलासँग सम्पर्क राख्दा उनले आफूलाई ‘कागजमा विश्वास नभएकोँ प्रतिक्रिया दिइन्। ‘हिजो आइतबार राति दस बजेसम्म फोनमा कुरा हुँदा म कसमको सुटिङ गर्न सिक्किम आउने भएँ अब काठमाडौं आउँछु भन्नुभएको थियो’ कोपिलाले भनिन्- ‘त्यसैले चिट्ठीमा विश्वास गर्दिनँ। उसैले अनुहार देखाएर बोलेपछि मात्र विश्वास गर्छु।’ कोपिलाको भनाइ थियो ‘जग्गा अहिले होइन ८ वर्षअगाडि निखिलले नै कर कम लाग्छ भनेर मेरो नाममा किनिदिएको हो। घर पनि उसैको करबलले बनाएका हॊ’ आफूप्रतिको आरोपका सम्बन्धमा उनले भनिन्- ‘चिट्ठीमा चाल छ त्यो सबै हुँदै नभएको कुरा हो।’

0 comments: On Nikhil Accepted His Marriage with Sanchita

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.