Latest Update :

Raj Ballav Koirala - Fan of OSHO


म दर्शनसँग सम्बन्धित पुस्तक धेरै पढ्छु । यस्ता पुस्तक पढ्दा आनन्द र ज्ञान प्राप्त हुनुका साथै जीवन र दुनियाँलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनसक्छ । दार्शनिक पुस्तक पाएसम्म पढ्छु । ओशो, पाउलो कोयल्होका पुस्तक धेरै पढेको छु । ओशोका त प्रायः सबै पुस्तक पढेको छु । पाउलो कोयल्होको 'द वन्ली वेआउट इज विदिन' मलाई राम्रो लागेको पुस्तक हो ।
रोन ब्राइन्डको 'द सिग्रेट' पनि मलाई राम्रो लाग्छ । नेपालीमा लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' र जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' मेरो रोजाइका पुस्तकमा पर्छन् । 'अन्तर्मनको यात्रा' पढेपछि जीवनका जतिसुकै कठिन मोडमा पनि सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्ने ज्ञान पाएँ । त्यस्तै, बिपी कोइरालाका कथा मलाई असाध्यै मन पर्छन् । सानो विषयवस्तुलाई लिएर मान्छेको मनोदशालाई केलाउने बिपीका कथाको पारखी हुँ म ।

मेरो पुस्तक पढ्ने समय यही भन्ने छैन । विभिन्न पत्रिकामा प्रकाशित पुस्तक समीक्षा पढेपछि त्यस पुस्तकबारे उत्सुकता जाग्छ । मैले धेरै पुस्तक संकलन गरेर राखेको छु । नयाँ पुस्तकको चर्चा सुन्नासाथ किनिहालौँजस्तो लाग्छ । वर्षमा १० हजारजतिको पुस्तक किन्ने गरेको छु । अहिले नारायण वाग्लेको उपन्यास 'मयुर टायम्स'को धेरै चर्चा चलेको छ । पढ्ने मन भए पनि सुटिङको व्यस्तताले पढ्न पाएको छैन । फुर्सद भएपछि किनेर पढ्ने सोच छ ।

अध्ययन मान्छेका लागि अनिवार्य हुन्छ । जसले अध्ययन गर्दैन, उसले जीवनलाई राम्ररी बुभ\mन सक्दैन । अध्ययनकै कारण मान्छेको चेतनास्तर यहाँसम्म आइपुगेको छ । मान्छेलाई मान्छे बनाउने काम अध्ययनले गर्छ । यो संसारलाई हेर्ने दृष्टिकोण, जीवनप्रतिको बुझाइ र सफलता अध्ययनमा निर्भर हुन्छ । मान्छेको दृष्टिकोण, बानी, व्यवहार, बोलीचालीमा उसको अध्ययनको स्तर प्रतिबिम्बित भएको हुन्छ । म अहिले समाजशास्त्रमा मास्टर गर्दै छु । तर, म डिग्रीको सर्टिफिकेट ठूलो कुरा मान्दिनँ । अध्ययनलाई सर्टिफिकेटसँग जोडेर हेर्नु गलत हुन्छ ।

नेपाली फिल्मका कलाकार पढ्दैनन् भन्ने आरोप छ । यो आरोप सही पनि हुनसक्छ । अध्ययनशील कलाकार त औँलामा गन्न सकिने मात्रै छन् । मलाई लाग्छ बौद्धिकता र अभिनयबीच सम्बन्ध हुन्छ । बौद्धिक कलाकार र अध्ययन नभएका कलाकारको अभिनयमा केही न केही भिन्नता हुन्छ । नेपाली फिल्म क्षेत्रमा राजेश हमाल बौद्धिक कलाकार हुन् । औपचारिक शिक्षा मात्रै होइन उनको अध्ययनशीलता पनि उत्तिकै बेजोड छ ।

source : Nayapatrika

0 comments: On Raj Ballav Koirala - Fan of OSHO

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.