Latest Update :

Sanchita Luitel is Vanished : From Nayapatrika


चल्तीका उत्कृष्ट पाँच नायिकाभित्र पर्ने सञ्चिता लुइँटेल फागुन दोस्रो सातादेखि सम्पर्कविहीन भएकी छिन् । उनले प्रयोग गर्ने मोबाइलको आगमन कल निषेध छ । घरको फोन पनि उठ्दैन ।


फिल्मकर्मी पनि सञ्चिता कहाँ छिन् भन्ने जानकारी नभएको बताउँछन् । सञ्चिताका बारेमा सोध्दा उनीहरू नै छक्क पर्छन् । उसो भए सञ्चिता कहाँ हराइन् ? कौतूहलको विषय बनेको छ । पछिल्लो समयमा पूजापाठ, ध्यान, जपतिर लागेकी उनी केही समयअघि दुईहप्ता यसरी नै हराएकी थिइन् । पछि प्रकट हुँदा भनिन्, 'विपश्यनामा थिएँ ।'

अहिले उनी कहाँ गइन् ? सबैको चासोको विषय बनेको छ । सञ्चिताकी नजिककी साथी नायिका अरुणिमा लम्साललाई पनि उनी कहाँ छिन् ? केही थाहा छैन रे । दाग फिल्मको क्यासेट विमोचनमा भेटेपछि उनीसँग कुरा नभएको अरुणिमाले बताइन् । 'दागको अडियो रिलिजमा भेटेकी थिएँ । खासै कुरा हुन पाएन । म सुटिङमै व्यस्त भएकाले उनलाई फोन गर्न पाएकी छैन,' अरुणिमाले भनिन्, 'उनी मेरो नजिककी साथी हुन्, तर उनी कहाँ छिन् मलाई थाहा छैन ।'

विजय केरुङको बन्दीपछि उनको हातमा फिल्म थिएनन् । दिलमायाको अफर आए पनि नखेलेको बताएकी सञ्चिता धर्मकर्ममा रुचि बढेकाले धार्मिक ग्रन्थ अध्ययनमा समय दिइरहेको बताउँथिन् । सञ्चिताका निकट मानिने फिल्मकर्मी तथा सञ्चारकर्मीलाई पनि उनी कहाँ गायब भइन् भन्ने थाहा रहेनछ ।

निर्देशक केरुङले आफ्नो फिल्म बन्दीमा सञ्चिताको डबिङ बाँकी भएको बताउँदै भने, 'मुम्बई गएकी छिन् भन्ने सुनेको छु । अरू डिटेल थाहा छैन ।' निर्देशक केरुङले सञ्चिता कहिले आउँछिन् भन्ने बुभ\mनका लागि उनको घर जाने बताए । भने, 'भोलि-मंगलबार) उनको घर जान्छु । बुबा-आमालाई त थाहा होला नि, उनी कहिले आउँछिन् ।'

0 comments: On Sanchita Luitel is Vanished : From Nayapatrika

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.