Browse: Home / news of world / अमेरिकी रास्ट्रपति बाराक ओबामाका अगाडि नाच्ने १५ वर्षीय किशोरीको गोली हत्या
अमेरिकी रास्ट्रपति बाराक ओबामाका अगाडि नाच्ने १५ वर्षीय किशोरीको गोली हत्या
एजेन्सी । बाराक ओबामाका अगाडि आफ्नो प्रस्तुती देखाएकी एक १५ वर्षीय किशोरीको मंगलबार गोली हानी हत्या गरिएको छ । बाराक ओबामाको दोस्रो कार्यकालको औपचारिक सुरूवातका अवसरमा भएको कार्यक्रममा आफ्नो प्रस्तुती देखाएकी १५ वर्षीय किशोरी हाडिया पेन्डलेटनको वासिङ्टनबाट फर्केलगत्तै हत्या भएको हो । हाडिया आफ्ना साथीहरूसँग बाराक ओबामाको परिवारको घर नजिकै रहेको पार्कमा घुमिरहँदा पछाडिबाट गोली हानिएको बताइएको छ । अमेरिकामा भइरहेको गोलीकाण्डमा यस काण्डले थप सनसनी मच्चाएको छ । यो वर्ष मात्रै सिकागोमा कम्तिमा ४० जनाको गोली काण्डमा परी मृ्त्यु भइसकेको बताइएको छ ।
हाडियासँगै रहेकी उनकी साथी क्लिन जोन्सले आफूले एक राम्रो र माया गर्ने साथी गुमाको बताएकी छिन् । आफूहरू रमाइलो गरी घुमिरहँदा स्थानीय समयअनुसार करिब २ बजेतिर हाडियालाई गोली हानी मारिएको उनले बताइन् । जोन्सले आफूहरू पार्कमा करिब १२ जना साथीहरूसँग घुमिरहेको बेलामा पानी परेको र त्यही बेलामा आफूहरुले एक रूखमा ओत लागेको बताइन् । सोही समयमा एक व्यक्ति बार नाघ्दै आफूहरूतर्फ आएको र हाडियालाई गोली हानी गाडिमा भागेको बताइन् । उनका अन्य साथीहरूले पनि हाडिया निकै राम्री र सबैले मन पराउने साथी भएको बताएका छन् । हाडिया अमेरिकी राष्ट्रपति बाराक ओबामा जस्तै अफ्रिकन अमेरिकी नागरीक रहेको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments: On अमेरिकी रास्ट्रपति बाराक ओबामाका अगाडि नाच्ने १५ वर्षीय किशोरीको गोली हत्या
Post a Comment