अमेरिकाको डल्लासनिवासी एक महिलालाई आफ्नी दुई वर्षकी छोरीको हात गम लगाएर भित्तामा टाँसी पिटेको अभियोगमा ९९ वर्ष जेलको सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीशले २३ वर्षकी एलिजाबेथ एस्कालोनालाई शुक्रबार यस्तो सजाय सुनाएको हो।
आमाको पिटाइ खाएकी छोरी घाइते भएर कयौँ दिन कोमामा रहेकी थिएन्।
एस्कालोनाका अरु सन्तानले छोरीलाई पेटमा लातले हानेको र जगले हिर्काएको बयान दिएका थिए।
0 comments: On छोरीको हातमा गम लगाएर भित्तामा टाँस्ने आमालाई ९९ वर्ष जेल
Post a Comment