ओसामा बिन लादेन जीवितै रहँदा शक्तिशाली अमेरिकालगायत अन्य विकसित राष्ट्र त्रसित रहन्थे, लादेनले कुन वेला कहाँ कुन राष्ट्रमाथि विध्वंश मच्चाउने हुन् भनेर । सन् २००१ को सेटेम्बर ११ का दिनमा लादेनले न्युयोर्कस्थित विश्व चर्चित टि्वन-टावरमाथि हवाई आक्रमण गरी ध्वस्त नै पारे । जसमा हजारौँ मानिस एकै चिहान भए ।
यस घटनापछि लादेनले अमेरिका आफ्नो प्रमुख शत्रु भएको बताए । यस्तै प्रकारको आक्रमण विश्वका अन्य विकसित राष्ट्रमा पनि हुने उनले चेतावनीसमेत दिए । तत्काल अमेरिकी राष्ट्रपति जर्ज बुसले लादेनको अस्तित्व नै समाप्त पार्ने योजना बनाए । बुसलाई धेरै मुलुकका राष्ट्राध्यक्षले साथ पनि दिए । लादेनलाई आतंकारीको सूचीमा पहिलो स्थानमा राख्दै अमेरिकाले उनको व्यापक खोजी गरियो ।
लादेन अफगानिस्तानको पहाडी इलाकामा लुकेको दाबी गर्दै अमेरिकाले त्यहाँ अन्धाधुन्द गोलीको वषर्ासमेत गर्यो । जसका कारण अफगानिस्तान लगभग ध्वस्त नै भएको छ ।
अमेरिकाले दर्जनौँपटक बिन लादेन आफ्नो सेनाको कारबाहीमा मारिएको दाबी गर्दा लादेनले तत्कालै अल जजिरा टेलिभिजनमार्फत आफ्नो भिडियो सार्वजनिक गरेर आफू जिउँदै रहेको पुष्टि गर्थे । ११ सेप्टेम्बरको घटनापछि अमेरिकाले लादेनलाई एक दशकसम्म खोजी गर्यो । तर, २०११ को २४ जनवरी २४ मा अमेरिकी सेना पाकिस्तानको एबोटाबादस्थित एउटा घरमा लुकी बसेको अवस्थामा लादेनको हत्या गर्न सफल भयो । लादेन मारिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले त्यसको खुसियाली मनाए । पाकिस्तानको अनुमतिविना अमेरिकी सेनाले लादेनमाथि हवाई आक्रमण गरेको थियो ।
११ सेप्टेम्बर काण्डको ११औँ वर्ष वाषिर्कोत्सवमा लादेनविरुद्ध कारबाही सञ्चालनमा संलग्न एक सैनिकले सनसनीपूर्ण रहस्य खोले । ती सैनिकले आफ्नो अप्रकाशित पुस्तकमा लादेनलाई कसरी मारे भन्नेबारे व्याख्या गरेका छन् । माट बिसोनेटले हालै सेवाबाट अवकाश लिएपछि 'सेक्रेट' खुलासा गरेका हुन् । बिसोनेटले 'नो इजी डे' नामक पुस्तक लेखेका छन् । पुस्तकमा बिसोनेटले आफ्नो नाम मार्क ओवेन राखेका छन् ।
त्यो अन्धकार रात
२४ जनवरी २०११ को रात पूरै अँध्यारो थियो । लामो प्रयासपछि अमेरिकाले एक नम्बर दुस्मन बसोबास गरेको पाकिस्तानको एबोटाबादस्थान पत्ता लगाएको थियो । यहाँ अमेरिकी सैनिकले 'मिसन लादेन' अपरेसन चलायो । लादेन एक हेक्टर क्षेत्रफल जमिनमा सबैतिरबाट वालले घेरिएको घरमा आश्रय लिइरहेका थिए । अपरेसनका लागि अमेरिकी सेना अफगानिस्तानको जलालाबादस्थित अमेरिकी सेनाको आधार शिविरबाट एबोटाबाद पुगेको थियो ।
अपरेसनमा सहभागी सैनिकलाई तीन समूहमा बाँडियो । ती समूह कालो रंगको दुईवटा 'हउक हेलिकोप्टर'मा थिए । अपरेसन सुरु गर्नुपूर्व लादेनसहित उनका छोरा खालिद र अहमेद अल कुवेती तथा लादेनका भाइ अब्रर अल कुवेतीलाई पनि भेटिने सूचना मिल्यो । यी व्यक्ति पछिल्लो समयमा लादेनका सहयोगी थिए ।
जलालाबादबाट सैनिक हेलिकोप्टरबाट
अपरेसन सुरु भयो । तर, सुरुवातमै हामीले कठिनाइ व्यहोर्नुपर्यो । सैनिकहरू हेलिकोप्टरबाट डोरीमा झुन्डिएर कम्पाउन्डभित्र झर्दै गर्दा हामी चढेको हेलिकोप्टर सामान्य दुर्घटनामा पर्यो । सो हेलिकोप्टर तत्काल अवतरण भयो । भाग्यवश मानवीय क्ष्ाति भएन ।
दोस्रो हउक हेलिकोप्टरलाई मुख्य भवनको छानामा सैनिक झार्न जिम्मेवारी थियो । पहिलो हेलिकोप्टर क्र्यास भएको देखेर कम्पाउन्डबाहिर नै रोकियो । लादेनलाई मार्न हामीसँग केवल ३० मिनेट समय मात्र थियो । हेलिकोप्टरमा केवल ३० मिनेटका लागि मात्र तेल भरिएको थियो । तेल सकिएको अवस्थामा अफगानिस्तान फर्काउनुपर्ने थियो ।
एक टोेली कम्पाउन्डभित्र नजिकै रहेको गेस्ट हाउसतर्फ लागे । सो गेस्ट हाउसमा अहमेद अल कुवेती परिवारसहित बस्छन् भन्ने अनुमान थियो । कुवेती र त्यहाँ रहेका अन्यले गेस्टहाउसतर्फ सेना आइरहेको थाहा पाए । गेस्ट हाउसमा अँध्यारो भएकाले केही देखिएन । गेस्ट हाउसको सबैभन्दा उचाइको भागमा धातुका ढोका र झ्याल थिए । हामीले निहुरिएर ढोकामुनि विस्फोटक पदार्थ राख्याँै । टिमका बाँकी सदस्य उक्त गेस्ट हाउसको खुड्किलोमार्फत अगाडि लम्के । केहीबेरमा एके-४७ राइफलको आवाज
आउन थाल्यो ।
झन्डै महिलामाथि गोली
पहिलो चरण जहिल्यै पनि सप्राइजिङ हुन्छ । त्यसलगत्तै मसहित अर्को टोलीले अरबी भाषामा कुवेतीलाई रुमबाट बाहिर निस्कन निर्देशन दियौँ । त्यसवेला मैले फायरिङ गरेँ । केहीबेरमा ढोका खुल्यो र त्यहाँबाट महिला बाहिर निस्के ।
हामीलाई साथ दिइरहेको नाइट भिजन हेलिकोप्टरको नीलो प्रकाशको सहायतामा महिलाहरू आइरहेको देख्न सकिन्थ्यो । लाइट अलि प्रस्ट नभएकाले महिलाले हातमा केही समातिरहेजस्तो देखिन्थ्यो । हामीले सोच्याँै, उक्त सामान पक्कै पनि बम हो । मैले बन्दुकको निसाना महिलाको निधारमा राखेँ । केही सेकेन्ड ढिला गरेको भए उनीहरू गोलीको सिकार हुने थिए । वास्तवमा कुवेती महिलाको हातमा बच्चा रहेछ । उनको साथमा एक नाबालक र तीन बच्चा थिए । तर, हामीमाथि आक्रमण हुने देखेपछि कुवेतीमाथि गोल हान्न बाध्य भयौँ । यसवेलासम्म हामीले गेस्ट हाउस नियन्त्रणमा लिइसकेका थियौँ ।
बाटो देख्नै सकिनँ
मुख्य कम्पाउन्डमा लादेन बस्ने मुख्य घर थियो । लादेन बस्ने घर दुईतर्फ थियो । अच्चम त के भने लादेनको बस्ने कोठाको प्रवेशद्वार फरक थियो । खराब प्रकाशका कारण लादेनको मुख्य कोठासम्म पुग्ने सम्भावना निकै कम थियो । बाटो राम्ररी देख्न सकिएको थिएन । त्यसपछि नाइट भिजन हेलिकोप्टरको सहायता लियौँ । हेलिकोप्टरले फालेको नीलो प्रकाशको सहयोगमा मुख्य गेटका दुईवटा ढोका
खुलिरहेका देख्यौँ ।
हामीभित्र प्रवेश गरेलगत्तै रेस्ट रुममा एकजना व्यक्ति देख्याँै । उनले हामीमाथि फायर गर्दै अर्काे रुममा लुके । सो व्यक्ति अब्रर अल कुवेती थिए । अब्ररलाई पछ्याउँदै जाँदा अर्काे कोठाको भुइँमा केही लेखिरहेजस्तो गरी बसेका देखिन्थे । टोलीले पुनः उनीमाथि फायरिङ गर्यो । अन्धाधुन्दा फायरिङ गरेको देखेर अब्ररलाई बचाउन एकजना महिला उपि|mएर आइन् । सो महिला कुवेतीकी श्रीमती बुस्रा रहिछन् । कारबाहीका क्रममा ती महिलाको गोली लागेर
ज्यान गयो ।
त्यसपछि अर्काे एक कोठामा एके-४७ राइफल भेटियो । अर्को भवनका रुम सर्च भयो ।
दोस्रो लेभल प्रवेश गर्ने बाटोमा एउटा ठूलो फलामको गेटमा विस्फोटन गराइयोे । त्यसपछि माथितर्फ जाने साना-साना भर्याङ बनाइयो । भर्याङ चढ्दै जाँदा दोस्रो र तेस्रो लेबलमा मानिस लुकेको देखियो । सो भीडमा लादेनका एक छोरा पनि थिए । मैले खालिदलाई लक्षित गरी प्रहार गरँे ।
त्यसवेलासम्म खुड्किलैभरि अन्य सहकर्मी अलर्ट अवस्थामा आइपुगे । त्यसपछि ती सबै मिलेर दोस्रो घर र घरभित्रको सबै क्षेत्र क्षणभरमै सर्च गरे । त्यसपछि सबै तेस्रो लेबलतर्फ अघि बढे । हामीले रगतका दाग देख्यौँ । विद्रोहीले प्रयोग गरेको एके-४७ बन्दुक फेला पार्यौँ । हामीले युद्धका लागि पर्याप्त योजना बनाएका थियौँ । आत्मघाति हमलाका लागि बमसहितको भेस्ट लगाएका अल कुवेतीका एक भाइ अल्लाहलाई रगत चढाउने भन्दै अघि बढे । साथीहरू बिस्तारै खुड्किलोबाट माथि जाने क्रममा दोहोरो फायरिङको आवाज सुनियो । त्यसवेला म खुड्किलोमा सबैभन्दा अगाडि थिएँ ।
झन्डै १० फिटअघि एकजना कोठाको ढोकाबाट भित्र पस्दै गरेको देखेँ । म 'डेन्जर' अवस्थामा थिएँ । त्यसैले मैले चाहेर पनि आफैँले फायर गर्न सकिनँ । मैले साथीलाई समेत खबर गर्न सकिनँ । त्यतिकैमा उक्त मान्छे गायब भयो ।
हामी सावधानीपूर्वक उक्त कोठाभित्र प्रवेश गर्यौँ । कोठाभित्र हामीले दुईजना महिला भेट्यौँ । उनीहरूको अगाडि खाटमा एउटा लास लडिरहेको थियो । ती महिला त्यही लासलाई हेर्दै भावविह्वल भएर रोइरहेका थिए । दुईमध्ये अलि कम उमेरकी देखिने महिला प्वाइन्ट-म्यानतर्फ अघि बढिन् । प्वाइन्ट-म्यानले ती महिलालाई एउटा कोठाभित्र थुनिदिए ।
ओवेनले आफ्नो किताब 'नो इजी डे' मा उल्लेख गरेअनुसार भुइमा लडिरहेको उक्त लासले सेतो रंगको टिसर्ट लगाएको थियो । उनको टाउकोमा गोली लागेकाले उनको अनुहार चिन्न सकिने
अवस्थामा थिएन ।
गोलीले उनको खप्पर बाहिर निस्किएको थियो । यद्यपि उनको शरीर अझै पनि चलिरहेको थियो । हामीले उक्त लासमा फेरि दर्जनौँपटक फायरिङ गर्यौँ । लास छटपटाउन नछाडेसम्म फायरिङ गरिरह्यौँ ।
त्यो लासनजिकै कम्तीमा तीनजना बच्चा रोइरहेका देखिन्थे । त्यसवेलासम्म कमान्डोहरूले तेस्रो लेबलका सबै रुम क्लियर गरिसकेका थिए । हामीले उक्त लासको पूरै शरीर चेक गर्यौँ । उक्त मान्छेको अनुहार गोलीले ध्वस्त पारिसकेको थियो । चिन्नै गाह्रो थियो, उनको निदारमै लागेको गोलीले खप्परसमेत बाहिर निस्किएको थियो । गोलीले शरीर नै क्षतविक्षत थियो । उक्त लासवरिपरि रगतको आहाल नै जमेको थियो । म अझ निहुरिएर उक्त लासलाई हेर्न लाग्दा टोम पनि आइपुगे । टोमले तत्काल प्रतिक्रिया दिए, 'दिस इज आवर ब्वाई ।'
त्यसवेलासम्म उक्त लास लादेनकै हो भन्ने भैसकेको थियो । यद्यपि हामीले सञ्चार सेटमार्फत अरूलाई भन्न चाहेनौँ । यदि त्यसो गरेको भए, त्यो खबर तत्काल वासिंटन डिसीमा राष्ट्रपति बाराक ओबामालाई रिले हुने थियो । राष्ट्रपति ओबामा वासिंटनमा पूरै कारबाही हेरिरहेका थिए । त्यसैले गलत साबित भए नराम्रो सन्देश जाने डरले हामीले थप पुष्टि गर्ने प्रयास गर्यौँ ।
भुइँमा लडिरहेको लासको उचाइ लादेनकै बराबरको थियो । साथै, उक्त लासको बाँकी भाग अपरेसन सुरु गर्नुपूर्व नै सिआइएले टोलीका सबै सदस्यलाई उपलब्ध गराएको तस्बिरसँग ठ्याक्कै मेल खाएको थियो । ओवेन र उनका साथी मिलेर आफूसँग भएको ब्ल्यांकेट प्रयोग गरी रगत पुछे । त्यसपछि अझ प्रस्टसँग लादेनजस्तै देखियो । तर, निधारमा लागेको गोलीका कारण अझै पूर्ण रूपमा चिन्न सकिएको थिएन । लादेनले उसका लामा-लामा दाह्री पूरै कलर गरेका थिए ।
लादेनको पूरै शरीर देखिने गरी फोटो खिचियो । उनको दाह्रीको मात्रै धेरै फोटो खिचियो । साथीलाई बिन लादेनको आँखा खुला राख्न आग्रह गरँे । त्यसवेलासम्म टोलीका अन्य सदस्यले बाँकी कोठाबाट कम्प्युटर, भिडियो तथा नोटबुक जम्मा पारेर ल्याए । सुरुवातमै क्र्यास भएको 'ब्लाक हउक'लाई त्यही पड्काइदिने निर्णय भयो ।
त्यसपछि हामीसँग दुईवटा मात्रै हेलिकोप्टर बाकीँ भए, एउटा ब्लाक हउक र सिएच-४७ चिनुक हेलिकोप्टर । ती हेलिकोप्टर पनि 'क्विक रियाक्सन फोर्स' बोकेर कम्पाउन्ड वरिपरि घुमिरहेको थियो । समय आधा घन्टाभन्दा बढी कटिसकेकाले ती दुवै हेलिकोप्टरमा पेट्रोल अलि बढी नै सकिएको थियो ।
साथी वाल्टलाई लादेनको रगत र मुखबाट डिएनए 'स्याम्पल' लिन निर्देशन दिए सिआइएले उपलब्ध गराइदिएको स्पि्रङ रहेको सिरिन्जभित्र छिराएर डिएनए स्याम्पल लिने प्रयास गरे । तर सकेनन् । साथीलाई दुई सेट डिएनए स्याम्पल र दुई सेट फोटो लिन भने । त्यसको मतलब थियो यदि बाटोमा एउटा हेलिकोप्टर खसालिदिए पनि बाँकी एकको स्याम्पल त बाँकी रहन्छ । त्यति नै वेला अन्य सदस्य लादेनका पत्नीमार्फत सो लास लादेनकै हो वा होइन भनेर प्रमाणित गर्नेतर्फ लागिरहेका थिए । लादेनकी श्रीमती पनि सामान्य चोटग्रस्त भएकी थिइन् । सुरुवातमा लादेनकी श्रीमतीले लादेनको लासलाई थुप्रै नाम दिएर पुकारिन् । कहिले अल कायदाका लिडर भनिन्, त कहिले शेख भनिन् । लादेनकी श्रीमतीले सोझो रूपमा उक्त लास लादेनको हो भनेर भनिनन् ।
त्यसपछि, अर्का एक साथी नजिकै रहेको बाल्कोनीतर्फ पुगे । जहाँ बालबालिकालाई थुनेर राखिएको थियो । बालबालिका वालको बारमा आड लगाएर शान्तसँग बसिरहेका थिए । साथीले ती सबै बालबालिकालाई घुँडा टेकेर बस्न लगाए अनि सोधे, 'यो मानिस को हो ?
त्यसमध्ये एक बालिकाले भनिन्- ओसामा बिन लादेन । पक्का हो- दोस्रो प्रश्न थियो । हो- बालिकाले जवाफ दिइन् । धन्यवाद उनले भने । बालिकाले उत्तर दिन नपाउँदै लादेनकी श्रीमती भक्कानियर रुन थालिन् । उनी पहिलेको भन्दा अझ डराइरहेकी जस्ती देखिन्थिन् । रुँदै गर्दा लादेनकी श्रीमतीले पनि उक्त लास ओसामाकै भएको पुष्टि गरिन् ।
बालिका र लादेनकै श्रीमतीले स्वीकार गरेपछि जलालाबादमा रहेका एडमाइरल क्यारेभेन -जसले जलालाबादबाट वासिंटन डिसीमा उक्त कारबाहीबारे राष्ट्रपति ओबामालाई अपडेट गराइरहेका थिए) लाई लादेनको मुत्यु भएको खबर रिले गरियो । त्यसपछि लादेनको शरीरलाई दुईजनाले खुट्टामा समातेर
बाहिर निकाले ।
नजिकै रहेको बाथरुमबाट मैले एउटा सानो बक्स भेटाए । त्यसमा एउटा केटाहरूको कपाल रंग्याउने मेसिन थियो । जुन लादेनले आफ्नो दाह्री बनाउन प्रयोग गरेको अनुमान गरिन्छ ।
सफा मान्छे लादेन
लादेनले उनका कपडा असाध्यै सफासँग मिलाएर राखेका थिए । लादेनका सबै टिसर्ट एकदमै राम्रोसँग पट्याइएको थियो । उनका सबै कपडा झुन्ड्याएर राखिएका थिए । मैले त्यहाँ एक राइफल र पिस्तोल भेटाएँ । तर दुवैमा गोली थिएनन् ।
कारबाही सुरु गरेको ३० मिनेट बितिसकेको थियो । अझै केही कोठा सर्च गर्न बाँकी थिए । टोलीका सदस्य उक्त कार्य गर्नका लागि आनाकानी गरिरहेका थिए । तर, उनीहरूसँग कुनै रोजाइ थिएन । त्यसपछि लादेनको लासलाई जिउमा बोक्न मिल्ने झोलामा राखियो । त्यहाँ रहेका जति पनि बालबालिका तथा महिला थिए, उनीहरूलाई गेस्टहाउसको एउटा रुममा थुनियो । उनीहरूलाई बिगि्रएको ब्लाक हउक हेलिकोप्टर ध्वस्त पार्दा क्षति नपुगोस् भनेर त्यसो गरिएको थियो ।
ब्लाक-हउकभित्र ठाउँ साँगुरो भएका कारण एकजना सदस्यलाई लादेनको लासमाथि बस्नुपर्ने भएको थियो । बिन लादेनको लास मेरो खुट्टानजिक राखिएको थियो । हेलिकोप्टरबाट अफगानिस्तानतर्फ जाँदै गर्दा एकपटक फेरि लादेनको शरीर सर्च गरियो । तर, केही पनि भेटिएन । जलालाबाद पुगेपछि लादेनको लासलाई एउटा ट्रकको पछाडितिर खाँदिएको थियो । एडमाइरल म्यारेभेनले उक्त लास हेर्नका लागि भनेपछि पुनः त्यसलाई बाहिर निकालियो ।
म्याकरेभेन ताने दाह्री
लादेनलाई राखेको झोला मरेको माछो भुइँमा खसेझँै गरी सिमेन्ट प्लास्टर गरिएको भुइँमा बजि्रयो । घुँडा टेकेर मैले उक्त ब्याग खोलेँ । लादेनको अनुहारको रंग फेरिएको थियो । उनको छाला एकदमै खैरो र फुस्रो देखिएको थियो । उनको शरीर पूरै भिजेको थियो । कतिपय ठाउँमा रगत जमेर कडा बनेको थियो । झोलाको पुछारमा रगतको सानो पोखरी बनेको थियो ।
म्याकरेभेन अगाडि बसेर हेरिरहँदा लादेनको दाह्रीमा समातेर टाउको एता र उता गरेर हल्लाए । जसबाट एडमाइरलले लादेनको सबै चेहरा राम्रोसँग अवलोकन गरे । क्याकरेभेन निहुरिएर हेर्दै गर्दा त्यहाँ पूरै भीड जम्मा भएको थियो । म्याक्रेभेन
रेडमा संलग्न समूहतर्फ आँैलो उठाउँदै भने, 'ऊ कति अग्लो थियो ?'
'६.४,' एकले उत्तर दिए ।
म्याकरेभेनले त्यसपछि नजिकै रहेका एक सिपाहीलाई सहयोग गर्न भने र उनले लादेनको उचाइ नापे । लादेनको उचाइ नाप्ने कार्य वास्तवमै मजाकको विषय थियो । तर, गोली लागेपछि लादेनको पहिचानका लागि भने त्यो सहयोगी बन्न सक्ने थियो । यद्यपि उक्त लास लादेनकै हो भनेर पक्का नै थियो । त्यसपछि टोली जलालाबादबाट वासिंटन डिसीतर्फ उड्यो ।
एिजेन्सीको सहयोगमा दीपेन्द्र गुरुङ [साभार : नया पत्रिका दैनिक ]
एिजेन्सीको सहयोगमा दीपेन्द्र गुरुङ [साभार : नया पत्रिका दैनिक ]
0 comments: On यसरी मारियो ओसामा बिन लादेनलाई
Post a Comment