Latest Update :

Love Pairs in Park



Love, its free to get and we should respect it. It is said that the whole world is living in Love, without love peace is impossible. As now a days the number of Boys and Girls falling in Love and going date is increasing day by day, we can say that this is direct influence of Western culture. So today here is discussed about the Lovers dating in Parks and what are the things that they need to care, although they are running towards westernization they should be withinsome boundaries snippend from Saptahik Weekely.

'प्रेम र युद्धमा जे पनि जायज हुन्छ ।' यो चल्तीको नेपाली उखान हो, तर यो मान्न तयार छैनन् सोमिता लुइँटेल । काठमाडौंको स्वप्नबगैंचामा भेटिएकी उनले भनिन्- 'प्रेम भनेको देखाउने चिज होइन, जसले देखाउँछ त्यो प्रेम होइन ।' प्रेम नभए के त ? 'वासना, ' आरआर क्याम्पसमा बीए पढ्ने उनले सहज उत्तर दिइन् ।

काठमाडौंको व्यस्त र पार्करहित सहर । प्रेमी जोडीहरूले केही समय सँगै कुनै शान्त पार्कमा बिताउन खोज्नु अहिलेको युवा पुस्ताका लागि नौलो कुरा होइन । बिस्तारै प्रेमी-प्रेमिका खुलेर हिँड्न थालेका छन् । घरदेखि टाढा जानका लागि समय र खर्च नहुने जोडीका लागि डेटिङ स्पटको समस्या समाधान गरिदिएको छ केशरमहलको स्वप्न बगैंचाले ।

नयाँ पुस्ता यसलाई गार्डेन अफ डि्रमको नामले चिन्छन् । शान्त रमाइलो भएकाले आफ्नो जोडीको डेटिङ स्पट बनेको रेसम कार्कीले बताए । उनले भने, 'यो ठाउँ सुरक्षित छ ।'

यो बगैंचामा बढी जोडीहरू आउनु स्वाभाविक मान्छिन् काठमाडौ तीनकुनेकी दीपा पाण्डे । प्रेम गर्न सबैलाई छुट छ भन्ने पुस्तालाई प्रतिनिधित्व गर्ने यी २१ वर्षेलाई पनि पार्कमा बसेका जोडीका क्रियाकलाप देखेर अप्ठ्यारो लाग्यो रे । 'अड फिल भयो, ' आफ्नो पछाडि बसेका तीन जोडीको क्रियाकलाप हेर्न नसकेको उनले बताइन् । दीपाले पार्कमा जोडी बस्नुलाई खासै ठूलो कुरा मानिनन्, तर सभ्यता भन्ने कुरा जेमा पनि हुन्छ भन्नेमा उनको तर्क सही थियो भन्ने प्रमाणित गर्न उनका साथीहरूले कुराकानीकै क्रममा ताली दिए ।

दीपालाई साथीसँग घुम्न निकै रमाइलो लाग्छ । उनलाई यो ठाउँ निकै मन पर्‍यो । बुटबलकी पुष्पा केसीलाई पनि घुम्न निकै मन पर्छ रे, तर पछिल्लो समय पार्कमा बढेका प्रेमजोडी र उनीहरूका क्रियाकलापले जोडीबेगर र परिवारसहित पार्क जाँदा सोच्नुपर्ने भएको उनी बताउँछिन् । ११ कक्षाकी यी किशोरी पार्कको बीचमा छिन् जसलाई वरिपरि प्रेमजोडीले घेरेका छन् । उनीहरूका क्रियाकलाप नहेरे पनि देखेकी उनले भनिन्, 'अतिचाहिँ हुनु भएन के ।' उनलाई प्रेममा सुरक्षा हुनपर्छ भन्ने लाग्छ ।

घुम्दा फ्रेस भएको अनुभव गर्ने पुष्पालाई काठमाडौंमा पनि यस्तो ठाउँ रहेछ भन्ने थाहाँ पाएर अचम्म लाग्यो । यस्तै अचम्म मान्नेमध्येकी अर्की पर्यटक हुन् मोलिना शर्मा । उनलाई स्वप्नबगैंचाको सबै चीजको कम्बिनेसन निकै मन पर्‍यो । भनिन्, 'कालो र सेतो रङको संयोजन राम्रो ।' घुम्ने संस्कार पश्चिमी शैली हँुदै नेपाल भित्रिएको मान्ने शर्मा पार्कमा युवाजोडीका क्रियाकलाप पनि उतैबाट भित्रिएको बताउँछिन् ।

अचानक कुराकानीको विषय बनेको थियो पार्कमा बग्रेल्ती भेटिने प्रेमजोडी र तिनीहरूको क्रियाकलाप । कुराकानीको विषय टुङ्गो नलाउने गरी ५ जनाको समूहमा घुम्न आएका युवती तर्क गर्न तयार भए । कुरा दुवै भयो । 'प्रेम देखाउन पनि नपाइने ? तँ भए पनि यस्तै गर्थिस् । गर्दिनथें ।' आ-आफैमा दोषारोपण पनि नभएका होइनन्, तर निष्र्कषमा सोमिताको प्रेम देखाउने कुरा होइन भन्नेमा सबैको सहमति भयो । उनीहरूले सार्वजनिक स्थललाई प्राइभेट सम्झन नहुने बताए । 'परिवारसहित आएको भए के हाल हुन्थ्यो ?' मोलिनाले भनिन । अनि सबैले एक स्वरमा भने 'घुम्नु र माया गर्न पाउनु सबैको अधिकार हो, तर सार्वजनिक पार्कमा के गर्न हुने र नहुने त उनीहरूले नै बुझ्नुपर्ने हो ।' उनीहरूको निष्कर्ष थियो 'सामाजिक अनुशासन सिकाउनुपर्ने विषय होइन ।'

0 comments: On Love Pairs in Park

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.