Latest Update :

Jamka-Bhet with Shree Krishna Luitel


" Aayo Boke Dari " Yes he is Nepali singer and Comedian Shree Krishna Luitel, Bokedari is his comedy TV Show that comes in Channel Nepal. He is from Itahari sunsari and realesed some of the famous comedy songs like : Mukha Ma Hannu Jasto, Bhatbhate and Sali Kamala, he has also played in some TV Serials and Nepali Movies Bus No 136. Today here we have presented you gossip with this famous Nepali Comedian (Saptahik).

विगतमा इटहरीलाई कर्म थलो बनाएर गीत-संगीत, अभिनय तथा निर्देशनको क्षेत्रमा सक्रिय कलाकार श्रीकृष्ण लुइँटेलको बसोबास अहिले झापा जिल्लाको बिर्तामोडतर्फ सरेको छ। बिर्तामोडले पूर्वाञ्चलकै केन्द्रको स्वरूप पाउन थालेपछि आफूलाई 'बोकेदाह्री' समेत भन्न रुचाउने लुइँटेल झापा सरेका हुन्। सुनसरीबाट झापा सर्ने क्रममा कतिपय शुभचिन्तकले उनलाई इटहरीमै बस्न आग्रह पनि गरेका थिए, तर मेची पूवर् का भारतीय सहरमात्र होइन, बिर्तामोडबाट सोझै काठमाडौं आउने-जाने सुविधाका कारण उनले आफ्नो निर्णय परिवर्तन नगरेका हुन्। २०५२ सालमै 'म्युजिक डटकम' शीर्षकको हास्य-गीतिसंग्रह प्रकाशित गर्दै कलाकार बनेका बोकेदाह्रीले यो अवधिमा छवटा एकल गीतिसंग्रह श्रो तामाझ ल्याएसकेका छन्। 'म्युजिक डटकम', 'मर्छु कि क्या हा' तथा 'मलाई के भा'को' गरी तीनवटा एकल गीतिसंग्रह तयार पारुञ्जेलसम्म बोकेदाह्री कोसीपूर्वका श्रोतामाझ मात्र चिनिए । 'तीनवटा गीतिसंग्रह प्रकाशित गर्ने क्रममा तीन कट्ठा घडेरी पनि सकेँ,’ बोकेदाह्री सम्झन्छन् 'बुवासँग बोलचालै बन्द भयो।' तर केही वर्षअघि बजारमा आएको उनको चौथो गीतिसंग्रह 'बोकेदाह्री' ले उनलाई देशभरि मात्र होइन, विदेशमा समेत लोकप्रिय बनायो। संग्रहका ए बा किन्देउ न भट्भटे, मुखमा हान्दिउऊँ जस्तो, साली कमला, खायो ढिँडो हल्लियो हिँडो... जस्ता गीत लोकप्रिय भएपछि बोकेदाह्री नेपाल तथा भारतमा मात्र सीमित भएनन्, हास्यशैलीका आफ्ना गीत-संगीत सुनाउन हङकङ, मलेसिया, कतार, ओमान, मस्कट, दुबई, कोरिया तथा बहराइनसम्म पुगे। पछिल्लो गीतिसंग्रह 'कलिजुग' को एउटा प्रयोगवादी गीतबाट थप लोकप्रिय भएका बोकेदाह्री आगामी शुक्रबार (माघ २८) देखि देशव्यापी प्रदर्शन हुने चलचित्र 'बस नं.१३६' का नायक समेत हुन्। त्यसअघि रेखा थापाको चलचित्र 'हिम्मत' तथा दीपक श्रेष्ठको चलचित्र 'हिम्मत-२' मा अभिनय गरिसकेका बोकेदाह्री 'बस नं.१३६' ले दर्शकलाई करिब दुई घण्टासम्म लगातार हँसाउने दाबी गर्छन्। हाल काठमाडौं आइपुगेका बोकेदाह्रीसँग कृष्ण भट्टराईको जम्काभेटः

बस नं. १३६ कस्तो चलचित्र हो ?

दर्शकलाई करिब दुई घण्टा मनोरञ्जन दिने एउटा रमाइलो चलचित्र हो । दर्शकले यसलाई नेपालकै पहिलो हास्यचलचित्रका रूपमा पनि ग्रहण गर्न सक्नेछन् ।

चलचित्रले कस्तो सन्देश बोकेको छ ?

पत्याउनुहुन्न होला, चलचित्रले दर्शकलाई कुनै पनि सन्देश दिँदैन, दिन्छ त केवल मनोरञ्जन । यो चलचित्रले दर्शकलाई हँसाउन मात्र सक्छ ।

निर्देशक केशव रायमाझीले हास्य कलाकारलाई कसरी प्रयोग गरेका छन् ?

निर्देशक रायमाझीले म लगायत राजाराम पौडेल, मुकुन्द श्रेष्ठ, मेलिना मानन्धर, पुष्प श्रेष्ठ, रवि क्षेत्री, सीमान्त उदास, बिपिन प्रसाईं आदि कलाकारमार्फत दर्शकलाई सकेसम्म बढी मनोरञ्जन दिने प्रयास गरेका छन् ।

चलचित्रको विषयवस्तुचाहिं के हो ?

दमकबाट एउटा यात्रुबाहक बस चतराका लागि हिंड्छ । चलचित्रका सबै कलाकार सोही बसमा यात्रारत छन् । यात्राका क्रममा आइपर्ने दुःख, पीडा, समस्या अनि रमाइला घटनाक्रमहरूलाई 'बस नं.१३६' को मुख्य विषयवस्तु बनाइएको छ ।

भविष्यमा तपाईं अभिनयमा व्यस्त भैरहने कि गीत-संगीतमा ?

अभिनय त मेरो रहर मात्र हो । गीत-संगीतले नै मलाई देश-विदेशमा पहिचान दिएकाले म यो क्षेत्रबाट टाढा जान सक्दिनँ । भविष्यसम्म पनि सांगीतिक क्षेत्रमै लागिरहनेछु ।

0 comments: On Jamka-Bhet with Shree Krishna Luitel

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.