Latest Update :

What sort of things do Girls look on Boys in the first sight

It was a long gap that nothing was published in Guffgaff segment but today here we have "पहिलो नजरमा पुरुषको के हेर्छन् युवतीहरू ?" written by Krishna Bhattrai in our weekly magazine Saptahik. Enjoy Reading .
सुन्दर वस्तु सबैलाई मन पर्छ । आँखाले प्रायः सुन्दर वस्तु नै खोज्छन् । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत 'फूलको आँखामा फूलै संसार...' ले पनि दृष्टिकै वर्णन गर्छ । हेर्ने दृष्टिकोण फरक हुनसक्छ, तर हेर्नुपर्ने वस्तु एउटै भयो भने मानिसको पहिलो नजर केमा पर्ला ? आधुनिक समाजका ने पाली महिलाहरूको आँखामा के होला ? विवाहित तथा अविवाहित महिलाहरू पुरुषमा सबैभन्दा पहिले के हेर्न चाहन्छन् ? साप्ताहिकले करिब दुई दर्जन सेलिब्रेटी तथा केही छात्रामाझ पुरुषको कुन कुरा सबैभन्दा बढी हेर्छन् भनेर एउटा संक्षिप्त सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा एक युवती पहिलो नजरमा पुरुषमा के हेर्न चाहन्छिन् ? भन्ने ज्ञिजासा राखिएको थियो, जसको जवाफमा विविधता पाइएको छ । सहभागी सबै युवतीको जवाफ एकै ठाउँमा भेला पर्दा यस्तो निष्कर्ष निस्कियो- 'क्युट, फन्नी, गुड लुकिङ, स्मार्ट, खुसी दिन सक्ने, आत्मविश्वासी, पैसा भएको, राम्रो बडी ल्याङ्वेज तथा स्टाइलिस ।'

सर्वेक्षणले केही आश्चर्यजनक परिणाम पनि देखायो । सबै वर्गका महिला समेटिएको यो सर्वेक्षणमा झन्डै ८० प्रतिशत महिलाले पुरुषको व्यक्तित्वलाई सबैभन्दा बढी हेर्ने वस्तुका रूपमा लिएका छन् ।

'झट्ट हेर्ने भनेकै पुरुषको समग्र व्यक्तित्व नै हो, दीपाश्री निरौला भन्छिन्- 'बोल्दै नबोली पुरुषको बानी-बेहोरा कस्तो छ भन्ने कुरा थाहा पाइँदैन । मेरो मात्र होइन, प्रायः सबैको पहिलो नजर पुरुषको व्यक्तित्वमै जान्छ । म त सबैभन्दा पहिले अर्थात् झट्ट हेर्दा पुरुषको आउटलुक राम्रो हुनुपर्छ भन्छु ।' दीपाश्रीका अनुसार पुरुष बाहिरबाट हाइफाइ भएर मात्र हुँदैन, भित्री आवरण पनि राम्रो हुनुपर्छ । नारीलाई इज्जत गर्छ कि गर्दैन, माया गर्ने स्वभावको छ कि छैन र मनको धनी छ कि छैन ? किनभने मलाई सफा मन भएका पुरुष मन पर्छन् ।

बिनिता बरालको धारणा केही पृथक् छ । उनको पनि पहिलो नजर त पुरुषको व्यक्तित्वमा नै छ, तर उनी पुरुषको महिलाप्रति हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छिन् । 'पुरुषको पहिरनले पनि ऊ कस्तो परिवारको हो, कस्तो पेसामा छ भन्ने कुरा अनुमान गर्न सकिन्छ, बरालको तर्क छ- 'एउटी युवतीले पुरुषको आकर्षक व्यक्तित्वमा मात्र भर पर्नु हुँदैन, उसको पारिवारिक पृष्ठभूमि पनि हेर्नु उत्तिकै अनिवार्य छ ।'

जिया केसीको पहिलो नजर भने पुरुषको व्यक्तित्वमा त जान्छ नै, 'तर म उसको ड्रेसअपमा पनि म उत्तिकै ध्यान दिन्छु,' जिया भन्छिन्- 'पहिरनले नै पुरुषको व्यक्तित्व झल्काउने हुँदा उसले कस्तो पहिरन लगाएको छ, त्यसैअनुसार उसको बानीबेहोरा, पारिवारिक पृष्ठभूमि थाहा पाउन सजिलो हुन्छ ।'

सबी कार्की यो कुरामा अलि पृथक् छिन् । 'पहिलो नजरमा कुनै पनि पुरुष कस्तो छ भन्न गाह्रो छ,' सबी भन्छिन्— 'झट्ट हेर्ने त अनुहार नै हो, तर अनुहारले मात्र ऊ कस्तो प्रकारको मानिस हो, निक्र्योल गर्न सकिँदैन ।'

जयन सुब्बा मानन्धर भने आकर्षक अनुहार भएको पुरुषको व्यक्तित्व पनि आकर्षक हुने धारणा व्यक्त गर्छिन् । 'व्यक्तित्वचाहिं आकर्षक छ तर अनुहार हेर्नै नहुने छ भने त्यो व्यक्तित्वको कुनै अर्थ हुँदैन, जयनको तर्क छ- 'चकलेटी पुरुषमा सबैको नजर जान्छ भन्ने पनि होइन । तर कुनै पनि युवतीले पुरुषको अनुहारलाई नै बढी प्राथमिकता दिन्छन् जस्तो लाग्छ ।'

आगन्तुक खरेलको पहिलो नजर पुरुषको ड्रेसअपमा पर्छ । 'राम्रो ड्रेसअप गरेको पुरुषको व्यक्तित्व नै अलग हुन्छ,' आगन्तुक भन्छिन्- 'त्यसैले म पहिले उसको ड्रेसअप हेर्छु अनि मात्र व्यक्तित्व । अनुहारचाहिं तेस्रो स्थानमा पर्छ । चौथो र पाँचौं स्थानमा उसको पारिवारिक पृष्ठभूमि तथा सवारी साधन पनि पर्छ ।'

सर्वेक्षणका क्रममा नेहा निरौलाले जवाफ दिइन्— 'कुनै नयाँ पुरुषलाई झट्ट हेरेर मूल्यांकन गर्न असाध्यै गाह्रो छ, त्यसरी हेरेर मूल्यांकन गर्नै पर्‍यो भने म उसको व्यक्तित्व हेर्छु ।' नेहाको तर्क छ, राम्रो व्यक्तित्व भएको मानिस गुडलुकिङ हुन्छ, ड्रेसअप पनि राम्रै गरेको हुन्छ । पारिवारिक तथा आर्थिक पृष्ठभूमि पनि सुदृढ हुन्छ । 'वास्तवमा सबैभन्दा पहिले पुरुषको अनुहारमा मेरो आँखा जान्छ,' नेहा भन्छिन्- 'तर अनुहारले मात्र पुरुषको मूल्यांकन गर्न गाह्रो पर्ने भएकाले मैले सम्पूर्ण व्यक्तित्व नै छनोट गरेकी हुँ ।'

दुर्गा खरेलका अनुसार उनको पहिलो नजर पुरुषको व्यक्तित्वमा जान्छ । उनलाई पुरुषको अनुहारले खासै फरक पार्दैन । 'अनुहार ठिकै भए पनि हुन्छ,' दुर्गा भन्छिन्— 'तर उ स्मार्ट हुनु अनिवार्य छ ।' पहिलो भेटमा थाहा पाउन नसकिए पनि मलाई ट्यालेन्ट, स्मार्ट, शिक्षित तथा प्रोफेसनल पुरुष मन पछर् न्, दुर्गाका अनुसार अधिकांश युवती जीवन साथी बन्ने पुरुषलाई नियालेर मात्र हेर्छन् । दुर्गाको तर्क छ- 'जीवनसाथी नै बन्ने पुरुष छ भने मेरा लागि ऊ क्युट हुनु पर्दैन । अरुका अगाडि उभिन सक्ने हुनुपर्छ, चलचित्रको हिरो झैं हुनु पर्दैन ।'

नलिना चित्रकार पहिलो नजरमा पुरुषको व्यक्तित्व त हेर्छिन् नै, साथै ऊ कत्तिको निट एन्ड क्लिन छ, त्यो पनि हेर्छिन् । 'हेर्दै फोहोरी, भद्दा देखिने पुरुष कसैलाई पनि मन पर्दैनन्, नलिना भन्छिन्- 'राम्रो व्यक्तित्व भएको मानिसमा ड्रेसअप गर्ने शैली कस्तो छ, त्यो पनि हेर्छु ।'

कला सुब्बाले भने युवतीहरूको उमेरले उनीहरूले पुरुषलाई हेर्ने दृष्टिकोणमा विविधता पाइने धारणा व्यक्त गरिन् । कला भन्छिन्— 'उमेरअनुसार युवतीहरूले पुरुषको मूल्यांकन गर्छन् । टिनएजरहरूलाई राम्रो ड्रेसअप गर्ने, चकलेटी अनुहार भएका पुरुष मन पर्छन् । २० वर्ष कटेका युवतीहरू पुरुषको व्यक्तित्वका साथै उसले आफ्नो करियरलाई कसरी अघि बढाइरहेको छ त्यो पनि हेर्छन् । ३० वर्ष कटेका युवतीहरू भने घरजम गर्नकै लागि पुरुषलाई हेर्छन् । आर्थिक रूपले सक्षम छ कि छैन, भविष्य कस्तो हुने हो भन्ने कुरा हेर्ने युवतीहरू यो उमेर समूहमा पर्छन् ।' कला आफैंचाहिं कुन समुहमा पर्छिन् त ? उनको जवाफ थियो— 'म त पक्कै पनि घरजम गर्नैका लागि हेर्छु नि !'

कुञ्जना घिमिरेलाई पुरुषको व्यक्तित्वले आकषिर्त गर्छ । उनी सर्वप्रथम पुरुषको आउटलुक नै हेर्छिन् । 'त्यसपछि उसको आँखा हेर्छु,' कुञ्जना भन्छिन्— ' त्यसपछि मात्र मनभित्र छिरेर हेर्ने कि नहेर्ने तय हुन्छ ।' कुञ्जनाका अनुसार युवतीहरू पुरुषको बोल्ने शैली तथा उसको स्टाइललाई पनि उत्तिकै ध्यान दिन्छन् ।

सलिना खड्का भने सबैभन्दा पहिले पुरुषको अनुहार हेर्छिन् । त्यसबाहेक उसको बोल्ने तथा ड्रेसअप गर्ने शैलीमा ध्यान दिन्छिन् । 'राम्रो व्यक्तित्व पुरुषले महिलाप्रति गर्ने व्यवहारमा पनि भर पर्छ । पहिलो भेटमै पुरुषको व्यवहार थाहा पाउन गाह्रो पर्छ । त्यसैले म मात्र होइन, अधिकांश युवती पहिलो नजरमा पुरुष आकर्षक छ कि छैन भन्ने कुरामा ध्यान दिन्छन् ।

शंखमूलस्थित एसभी एकेडेमीमा स्नातक तह दोस्रो वर्ष अध्ययनरत छात्राहरू अप्सरा कार्की, सरिता खनाल, शर्मिला थेबे तथा सोनम राईले पनि पहिलो नजर पुरुषको व्यक्तित्वमा नै पर्ने बताए । एउटा टेलिशृंखलामा अभिनय गरिरहेकी सरिता खनाल भन्छिन्— 'पहिलो भेटमा त पुरुषको व्यक्तित्व र अनुहार त हेर्ने हो नि !'

0 comments: On What sort of things do Girls look on Boys in the first sight

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.