Latest Update :

Nepali Lekh - फेरि भेट कहिले होला ?


 फेरि भेट कहिले होला ? (- Saptahik Weekly)
त्यसबेला म स्नातक तह दोस्रो वर्षो विद्यार्थी २२/२४ वर्षो उमेर, साथीभाइहरूस“ग रमाइलोका साथ बितिरहेका थिए । म स्वभावले अलि लजालु प्रकृतिको छु । यसै क्रममा मेरो एक जना पुरानो मित्रस“ग भेट भयो । उनी कामविशेषले मलाई नै खोज्दै क्याम्पसमा आएका रहेछन् । ती मित्रका साथ एक युवती पनि थिइन् । उनको साथमा आएकी युवतीस“ग मेरो परिचय भयो । कारण उनको रूप र स्वभावले म आकषिर्त भए“ ।

उनी अध्ययनका लागि हाम्रो कलेजमा भर्ना हुन आएकी थिइन् तर भर्नाको म्याद सकिएको थियो । मैले पनि उनीस“ग सम्बन्ध बढाउने मौका पाए“ र युनियनको सिफारिसका माध्यमबाट भर्ना गरिदिए“ । त्यही माध्यमबाट म र मेरा मित्र उनको धन्यवादको पात्र बन्यौं । त्यसपछि हाम्रो भेटघाट बढ्न थाल्यो । उनी क्याम्पसमा नया“ भएका कारण हाम्रो भेटघाट बढ्न थाल्यो । मैले भित्रभित्रै उनलाई मन पराउन थालिसकेको थिए“ तर मलाई थाहा थिएन उनको मप्रतिको हेराइ के थियो - उनीस“गको बोलाइमा लाग्थ्यो- उनी पनि मलाई कतैकतै मन पराउ“छिन् । म एकोहोरो रूपमा उनीप्रति नजिकिंदै गएको थिए“ । उनलाई मैले जीवनसाथीका रूपमा हर्ेन थालेको थिए“ ।

मलाई लाग्थ्यो उनी पनि मलाई उत्तिकै माया गर्छिन् । हामी एक-अर्कालाई आफ्नो मनको कुरा भन्न सकिरहेका थिएनौं । मैले उनीसामु प्रेम प्रस्ताव राख्ने निर्ण्र्ाागरें । भ्यालेन्टाइन डेका दिन उनी सामु प्रेम प्रस्ताव स्वरूप कार्ड दिए“ । उनले मेरो कार्ड सहर्षलिइन् । कार्डमित्र मैले आफूले उनलाई धेरैभन्दा धेरै चाहने र जीवनसाथीका रूपमा अ“गाल्ने कुरा लेखेको थिए“ । म उनको जवाफको प्रतीक्षामा थिए“, तर अफसोच त्यसपछिका दिनमा न उनी क्याम्पस नै आइन् न मेरो पत्रको जवाफ नै दिइन् ।

म उनीस“ग भेट हुन्छ कि भनेर उनी अध्ययन गर्ने कम्प्युटर तालिम केन्द्रमा पनि गए“ । धेरै दिनदेखि उनी त्यहा“ पनि आएकी थिइनन् । मैले उनलाई भेट्न चाहेको कुरा बताए“ । करिब १० मिनेटका लागि समय दिने कुरा उनले बताइन् । मैले हुन्छ भनें । मैले असजिलो मानीमानी मैले गरेको प्रेम प्रस्तावको जवाफ मागें । उनले मेरो प्रश्नको चित्तबुझ्दो जवाफ दिइनन् । उनी दोधारे जवाफ दिइरहेकी थिइन् । लाग्यो उनी मबाट भाग्न खोजिरहेकी छिन् । त्यो दिन म तपाईंलाई पछि भेटेर जवाफ दिन्छु भन्दै त्यहा“बाट बिदा भइन् ।

त्यसपछि उनीस“ग मेरो भेट हुन सकेको छैन । आज चार वर्षबितिसक्यो, न भेट भएको छ, न फोन सर्म्पर्क नै । आज उनी कहा“ छिन्, के गर्दैछिन् - म उनको बाटो हेरेर बसिरहेको छु । उनी के कारणले मबाट टाढा भएकी हुन् म जवाफ खोजिरहेको छु । फेरि हाम्रो भेट कहिले र कहा“ होला -

- शिशिर

0 comments: On Nepali Lekh - फेरि भेट कहिले होला ?

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.