Enjoy Reading Nepali Lekh - "असफल प्रेम" from our Weekly magazine Saptahik.
सोचेको जस्तो हुन्न रहेछ जीवन भनेजस्तै सोचेभन्दा उल्टो सावित हुन गयो । जे सोचियो त्यो भएन, जे भयो त्यो सोचिएको थिएन । कोही भेटिन्छ अमृत जस्ता त कोही भेटिन्छ विषयुक्त कपटले भरिएका । यो सांसारिक नाट्यशालामा आफ्नै लेखान्तरअनुसारको भूमिकामा छनौट भएर नाटक मञ्चन गर्नुपर्दो रहेछ । निष्ठुरी दैव भन्छन् तर हैन रहेछ दैवलाई केको दोष र सबैले आ-आफ्नो भागभोग भोग्नुपर्ने बाध्यता नै छ ।
२०५८ सालतिरको कुरा हो म काम विशेषले वीरगन्ज गएको थिएँ । वीरगन्ज जाने क्रममा म सिमरामा बसेँ । लगभग सिमरामा म दुई वर्ष नै बसेँ हुँला । दुई वर्षको बसाइमा धेरै हितैषी मित्रहरू बनाउन र बढाउन सफल भएँ तर नजिक नजिकसम्म पुगेर पनि प्रेमिका बनाउन असफल भएँ । सायद प्रेम गर्न नजानेर वा प्रेम प्रस्ताव राख्न नसकेर कसैलाई आफ्नो बनाउनबाट वञ्चित भएँ ।
आँखा नजुधेको पनि होइन, जुधेकै हो, दुवैको हेराहेर भएकै हो, बोलचाल र चिनाजानी पनि भएकै हो । उनको त्यो हँसिलो मुहारको दर्शन गर्न मात्र भए पनि म सिमरा बजार धाउँथेँ, तर देख्नेहरू भन्थे हैन यो कत्ति आइरहन्छ, म यही सोच्थेँ मेरो मनभित्रको व्यथा कसलाई के थाहा ?
उनको भावना चाहना बुझ्न कठिन भैरहेको थियो । म उनलाई चाहन्छु भन्ने कुरा मेरो साथीलाई पनि थाहा थियो र त साथी भन्ने गथ्र्यो- 'प्रेम गर्ने मानिस पछि हट्दैन अघि बढ्छ, संघर्षको मैदानमा उत्रन्छ परिआए लड्छ, जतिसुकै बाधा कठिनाइ परे पनि सामना गर्न तम्सन्छ, डरपोक हुँदैन र चाहे रेगत बगाउनै परोस् प्रेमको खातिर त्याग र बलिदान दिन्छ ।'
दिनहरू बित्ने क्रम भैरहेको थियो । भोकभोकै दिनहरू बिताउन र अनिँदोमा रातहरू काट्न धेरै अनुभवी भैसकेको थिएँ । एकातिर अफिसको काम भने अर्कोतिर प्रेम गर्ने सिलसिला एवं रीतले चलिरहेकै थियो । कहिले त समय यस्तो गतिमा बग्छ कि जो सोचेको उल्टो भइदिन पुग्छ, मेरो जिन्दगीमा पनि त्यस्तै हुन गयो । म कल्पनाको नयाँनयाँ संसारको रचना गर्थें, नयाँनयाँ भावनाको खोला तर्थें, मीठा-मीठा सपना देख्थेँ तर सबै शून्य शून्यमा परिणत... । जति जे गरे पनि म रत्तिभर विचलित भइनँ, प्रेम प्राप्तिको संघर्षमा कटिबद्ध रहे पनि सफल हुन सकिनँ । कारण प्रेमलाई भन्दा पनि ज्यादा आफ्नो कर्तव्यमा तल्लिन भएँ । सोच्नेहरूले के-के सोचे थाहा भएन, गर्नेहरूले के-के गरे थाहा भएन र भन्नेहरूले के-के भने त्यो पनि थाहा भएन ।
धेरै पत्र लेख्दा पनि जवाफ आएन
आँखा जुधे नि धेरैपल्ट माया गाँसिएन
मुटुले मुटुको भावना बुझेन
एकोहोरो प्रेमको कुनै औचित्य रहेन ।
प्रेम असफल हुनुमा केवल मेरो मात्र इच्छा जागृत भएको रहेछ, मेरो मात्र चाहनाको खोला उर्लिएको रहेछ, मैले मात्र सपना देखेको रहेछु र त भएको रहछ एकोहोरो प्रंेम... ।
अनायासै तड्पिएछु एकोहोरो प्रेम गरेर
घायल मुटु अनायासै परायालाई रोजोर
अनायासै आफ्नो बनाउने सोचेर
तर सतर्कमा पुगेछु आधा बाटोमा पुगेर ।
- उदीर्ण केसी
0 comments: On Nepali Lekh - असफल प्रेम
Post a Comment