Latest Update :

Nepali Lekh Rachana - मेरो प्रश्न

Enjoy Reading Nepali Lekh -  "मेरो प्रश्न"  from Nepali Entertainment Magazine Saptahik.
घटना २०६४ चैत १६ गतेको हो । म जेलमा थिएँ । त्यसदिन निर्वाचनको सिलसिलामा केही मानिस नख्खु जेल आएका थिए । अनायासै मेरो आँखा एक युवतीमाथि पर्‍यो । धेरै बेरसम्म मेरा आँखाहरू टोलाइरहे, ती आँखालाई चिन्ने प्रयास गरिरहे । भोट माग्ने कार्यक्रमपश्चात् मैले- हामी त यहाँका कैदी बन्दी त्यसमाथि पनि ठूलो ठूलो ताल्चा लगाएर थुनिएका छौँ । यदि तपाईंहरूले यो बन्द ताल्चा खोल्ने वाचा गर्नुहुन्छ भने यहाँको ४ सय ८२ जनाको भोट तपाईंहरूलाई नै आउँछ भनेर वाचा गरेँ । उनले पनि मेरो वाचा स्वीकार गरी आफ्नो नाम र टेलिफोन नम्बर मलाई दिइन् ।

भोलिपल्ट फोन गरेँ तर 'म अहिले एकदमै बिजी छु, आधा घण्टापछि कल गर्नु न ल...' भन्ने जवाफ आयो । आधा घन्टापछि कल गर्दा मोबाइल अफ थियो । अचानक २४ दिनपछि उक्त फोन उठ्यो तर फोन त पुरुषले रिसिभ गर्नुभयो र उहाँले भन्नुभयो- यो सिम त मैले चक्रपथमा भेटेको हँु । मैले उहाँसँग बिन्ती गरेँ- म जेलमा छु, म तपाईंलाई नयाँ सिम किनिदिन्छु, यो सिम बानेश्वरको मेरी भाउजूको पसलमा लगिदिनुस् । उहाँले मेरो पीडा बुझेर होला, मेरी भाउजूको मोबाइल नम्बरमार्फत सिम पसलसम्म पुर्‍याइदिनुभयो । मैले भाउजूलाई त्यो सिम एउटा मोबाइल सेट किनेर राख्नु भनेँ । मैले भाउजूलाई एकजना साथीको फोन आउन सक्छ । आयो भने यो सिम मेरो साथीले दिएको हो । तपाईंलाई चाहिन्छ भने नख्खु

जेलमा उसलाई भेट्न जानुहोला भन्न लगाएँ ।

१८ घन्टापछि फोन आयो अनि आखिर उनी मलाई भेट्न आइन् । धेरै कुरा भयो । मैले सोधेँ के तिमीले आजसम्म कसैलाई प्रेम गरेकी छौ ? खै मेरो प्रश्नभित्र के थियो उनले एकछिन मेरो आँखामा हेरिन र लजाउँदै भनिन्- अहँ छैन । किन र ? त्यसपछि नै मैले प्रेम प्रस्ताव राखेँ । उनले मेरो भावनालाई स्वीकार गरिन् । हामीले एकअर्कालाई साथ दिने वाचा गर्‍यौ । म जेलमा उनी बाहिरी संसारमा भए पनि दिनमा १० पटकसम्म हाम्रो कुरा हुन्थ्यो । उनले मलाई साताको एक पटक भेट्न आउने वाचा गरिन् ।

हाम्रो भेटघाट १८ महिनासम्म चल्यो । एक दिन फोनमा कुरा हुँदा मेरो मुटुभित्र छुरा रोपियो । दिन नै रातजस्तो भयो । जिन्दगीमा सजाएका सारा सपना सिसाझैँ चकनाचुर हुन पुगे । फोनमा जवाफ आयो- आजदेखि मलाई फोन नगर्नुहोला म तपाईंसँग जीवन बिताउन सक्दिनँ । किन भनेर सोध्दा पनि जवाफ आएन ।

तिमी मेरो साथमा थियौ, म कति उमंगमा थिएँ । तिमीले

मलाई यो कुन जन्मको पापको सजाय दियौ ? न भुल्न सक्छु न खुसीसँग रमाएर साथीभाइसँग बस्न नै सक्छु । किन दियौ यस्तो पीडा ? मेरो के गल्ती थियो ? किन मलाई दोबाटामा छाडेर गयौ ? तिमीलाई मेरो प्रश्न यही नै हो ।

रितेश

0 comments: On Nepali Lekh Rachana - मेरो प्रश्न

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.