Latest Update :

Nepali Lekh Rachana - अनि म एक्लो हुन्छु


Enjoy reading Nepali Lekh  "अनि म एक्लो हुन्छु" form our Nepali Entertament Magazine Saptahik.

म र मेरी मायालुले एकसाथ २०६२ सालको एसएलसी परीक्षा विराटनगरबाट दिएका थियौं ।

कुरा हो मिति २०६३ साल जेठ १३ गते बिहानको । उनलाई अघिल्लो रात अचानक सहन नसक्ने गरी टाउको दुखेकाले वीर अस्पतालमा भर्ना गरिएको थियो । सिटी स्क्यान गराउँदा उनलाई ब्रेन ट्युमर भएको देखियो । टाउकोमा पानी जम्मा भएका कारणले उनको ढाडबाट त्यो पानी निकाल्नुपथ्र्याे । त्यसकारण पनि उनलाई बारम्बार अस्पताल गैरहनुपथ्र्यो ।

उनको परिवारको नजरमा म उनको सबैभन्दा नजिकको साथी थिएँ । त्यो रात उनीलाई एकदम टाउको दुखेकाले अस्पताल भर्ना गर्नुपरेको खबर मैले परिवारको परिवारबाट पाएँ । म विराटनगरमा भएका कारणले रातभरि फोनको माध्यमबाट उनको सम्पर्कमा रहें । मलाई उनको मोबाइलबाट फोन आएको थियो । फोन उठाइ हलो भनें, आवाज उनको मामुको थियो । उहाँले उनी अन्तिम भइसकिन र डाक्टरले बचाउन नसक्ने भएकाले उनलाई अन्तिमपटक भेट्न

तिमी चाँडै काठमाडौं आऊ, उनी पनि तिम्रो नाम लिँदैछिन् भन्दै फोन राख्नुभयो ।

के गर्ने के नगर्ने मैले सोच्न सकिन । केही घन्टा लगत्तै उनको मोबाइलबाट अर्को कल आयो, मैले फोन उठाइ हलो भनेँ- उनको मामु रोएकी आवाजमा भन्दै हुनुहुन्थ्यो- 'बाबु उनी अब यो संसारमा छैनन् उनले हामी सबैलाई छाडेर गइन्... यति सुन्नेबित्तिकै मेरो हातबाट मोबाइल भुइँमा खस्यो, मेरा आँखामा उब्जिएका आँसु चुहिएर पोखिन थाले । म लामो सास तान्दै छेऊको कुर्सीमा बसेँ । मेरा रसिला आँखा वरिपरि उनको तस्बिर नाच्न थाले ।

म आज पनि उनलाई एकदमै माया गर्छु, उनी मेरी मायालु हुन्, मेरो मुटुको धड्कन... ।

बी.के.

0 comments: On Nepali Lekh Rachana - अनि म एक्लो हुन्छु

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.