Latest Update :

Nepali Lekh Rachana - Bhulna Nasake ko Aakriti


Here is the story from Jeevanko Goretoma taken from our Weekly Magazine Saptahik. Enjoy Reading this .

भुल्न नसकेको आकृति
खै के भनेर सम्बोधन गरूँ, हिजोसम्म तिमीलाई युरी भनेर सम्बोधन गर्थे । आज तिम्रो सिउँदो अरूले नै रंगाई सकेको छ ।

म मानसिक रूपले विक्षिप्त भए पनि शारीरिक रूपले कुशल नै छु । त्यो क्षणलाई कसरी बिसर्ंू मेरो मन मष्तिष्कमा तिम्रै आकृति नाचिरहेको छ, चाहेर पनि भुल्न सकेको छैन । ओठमा देखावटी हाँसो भए पनि मेरो भित्री हृदय तड्पिरहेछ । यो हृदयबाट तिम्रंो नाम, तिम्रो आकृति कसरी निकालु कुनै सादा कागजमा लेखेर मेटिँदा त दाग रहन्छ भने, मैले कागजमा मात्र होइन मेरो हृदयमा नै लेखेको छु तिम्रो नाम,

आखिर कसरी मेट्न सक्छु ? यो जन्ममा तिमी मेरो कर्ममा नहुने लेखेको रहेछ ।

मैले तिमीलाई भित्री हृदयदेखि विश्वास गरेको थिए । तिमीलाई विश्वास गरेर के पाए मैले, 'धोका' । के यही हो तिम्रो माया र विश्वास ? यसरी धोका दिने भए मलाई किन माया गर्‍यौं ? तिमीलाई विश्वास गरेर मैले आफ्नो जीवन नै वर्वाद गरेको छु । यो दुःखीलाई दुःख पाउन लेखेको जहाँ गए पनि दुःखले नछोड्ने रहेछ । घरले जा-जा र वनले आइज-आइज भनिरहेको बेला पनि के बाँचिरहु जस्तो लाग्छ मलाई तर मर्न पनि सकेको छैन, मृत्युलाई जितिरहेको छु ।

यो जन्ममा तिमी अर्काकी भयौं । अर्को जन्ममा कसकी हुन्छौं थाहा छैन । तिमी जहाँ भए पनि खुसीसँग बस्नु, हरेक कुरामा सफलता हासिल गर्नु । बनिसकेको घरलाई राम्रोसँग सम्हाल्नु । तिम्रो दाम्पत्य जीवन सुखमय रहोस् लाखौं लाख शुभकामना ।

जय

0 comments: On Nepali Lekh Rachana - Bhulna Nasake ko Aakriti

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.