Latest Update :

Nepali Aatma Katha - Mero Anutho Premkatha



It is said that Love is gift of Nature, If you fall in true love you will the value of it. But if due to a simple reason you are not able to continue your Love then. Well here we have a story " मेरो अनौठो प्रेमकथा " from our weekly magazine Saptahik. Lets check it out :-

एउटा मानिस छ जसलाई म आफूलाईभन्दा पनि बढी माया गर्छु । उ मेरो संसार हो, मेरो खुसी, रोदन, हाँसो सबै हो । उसलाई सम्झँदा म उसबाट पाएको सबै पीडा बिर्सन्छु अनि डुब्न थाल्छु उसैको याद र न्यानो स्पर्शमा । मलाई मेरो कालेको यति माया लाग्छ कि, जस्तोसुकै परिस्थितिमा पनि बिर्सन सक्दिन, तर बाध्यता छ, अनि सम्झन्छु पहिलेका ती मायाका भावनाहरू, ती स्पर्श र न्यानो साथ अनि सुरु हुन्छन् आँसुका वर्षाहरू... मेरो मन यति पिरोलिन्छ, यति अतालिन्छ, के गर्ने ? यता गए नि हुन्न उता गए नि हुन्न । अझ त्यो क्षणमा त उसको एकदम याद आउँछ । पढ्न खोज्छु पढ्न सक्दिन, उसलाई सम्झन्न भन्छु तर हरपल आँखा अघिनै नाचिरहेको हुन्छ र पछि फेरि मनलाई थाम्न सक्दिनँ र फोन नम्बर डायल गर्छु । त्यसपछि दुवै जनाको रुवाई सुरु हुन्छ । म 'मलाई एउटा डिसिजन देऊ भन्छु' तर ऊ केही भन्न सक्दैन । केवल एक शब्द भन्छ, म छाड्न पनि सक्दिनँ, अपनाउन पनि सक्दिनँ । म मन थाम्न सक्दिन रुन्छु, अनि उसलाई पनि रुवाउँछु ।

किन, साँचो माया गर्नेहरूलाई मात्र यस्तो समस्या आउँछ ? पहिलेका दिनहरूमा कहिले रिसाउँदै, कहिले हाँस्दै हाम्रा दिनहरू बित्थे । हाम्रो माया बसेको नौ महिना जति भएपछि थाहा भयो हामी दुईको गोत्र एउटै रहेछ । हिन्दु परम्पराअनुसार हाम्रो विवाह हँुदैन । यो कुरा मैले उसलाई भने र उसले यो कुरा आफ्नो परिवारसमक्ष राख्यो । उसको हजुरमुमा पुरानो मनस्थितिको हुनुहुँदो रहेछ । यो कुरा उहाँले मान्नु भएन र बिर्सने सल्लाह दिनुभएछ । एउटा त्यति सानो कुराले हामीले गाँसेको साँचो र निश्चल माया तोडिन सक्छ ? काले म अझै पनि भन्छु- हामी दुई एक अर्कालाई एकदम माया गछौर्ं भने त्यो कुराले केही फरक पर्दैर्न । तिमीले आफ्नो परिवारलाई मनाउनै पर्छ । नत्र, मायाको अर्थ के ? केवल परिवारको खुसी मात्र ? कि पहिले जस्तो व्यवहार देखाऊ, कि भनिदेऊ टाढा भइदेऊ । तर पनि म भन्छु, मलाई एक्लै नछोड म तिम्रो चोखो मायाको प्रतीक्षामा छटपटाइरहेकी छु......।

-कान्छु

0 comments: On Nepali Aatma Katha - Mero Anutho Premkatha

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.