Latest Update :

Nepali Lekh Rachana - Uni Bhitra Harauda

When a Girls, your classmate starts to care you, suggests you to do anything in her way and bla bla bla. If one day she asks you the relation between you two ??? What will Be your answer, This story उनी भित्र हराउँदा    from Saptahik tries to roll us in such condition. Lets check it out.

हामी उच्च शिक्षा हासिल गर्ने क्रममा एउटै कक्षामा अध्ययन गर्ने सहपाठीका रूपमा परिचित भएका थियौँ । एक दिन एक्कासि उनले भनिन्- 'हाम्रो सम्बन्ध के हो ? अनि क्षणभरमै सोच्ने थालेँ- साँच्चै हाम्रो सम्बन्ध के हो ? धेरै घोत्लिए तर सम्बन्धको साँचो अर्थ पत्ता लगाउन सकिनँ । अन्त्यमा बाध्य भएर आधा सत्य भए पनि भनेँ- 'तिमीले मलाई कुन रूपमा लिएकी छ्यौ, त्यही हो हाम्रो सम्बन्ध ।'

म गहिरिएर सोच्न थालेँ- प्रथम वर्षदेखि तेस्रो वर्षको दैनिक क्याम्पस जीवन अनि ती शनिबार, सार्वजनिक बिदा, बन्द, हडतालका दिनहरू । त्यस अवधिमा सामान्य बोलचालबाहेक शंका गर्ने ठाउँ छैन तर तेस्रो वर्षका दिनहरू सुरु हुनासाथ हामी अनायासै नजिक भयौँ । त्यही नजिकिएकै कारण आज मैले सोच्नुपरेको छ हाम्रो सम्बन्ध के हो ?

कक्षामा सँगै बस्नु, बाटोमा बिन्दास भएर हात समातेर हिँड्नु, हामी दुईको दैनिकी थियो । हामी दुई भए केही पनि र कोही पनि चाहिँदैनथ्यो । हाम्रो आनन्दको स्रोत स्वयं हामी नै थियौँ । यो क्रम आजसम्म पनि निरन्तर नै चलिरहेको छ तर सम्बन्ध रहस्यमय छ ।

उनी मेरा लागि असल छिन् म पनि त्यत्तिकै । आज म विगतका पलहरू केलाउँदै हाम्रो सम्बन्धको अर्थ खोज्न लागेको छु । आफैँलाई कस्तो कस्तो लागिरहेछ, के जवाफ दिऊँ ? साथी मात्र कि अरू की ? यस्तै यस्तै प्रश्नहरूले मनमा अ ृदश्य सुइरो रोपिदिन्छ । आज उनको प्रश्नले मलाई शंका गर्ने ठाउँ दियो, कतै उनले हाम्रो सम्बन्धलाई अर्कै रुप दिन चाहेकी त हैनन् ? कि मेरो व्यवहारले यस्तै बताइरहेको छ ?

फेरि मनले अर्को तर्कको सहयोग लिन्छ । प्रश्नहरू जन्मिरहन्छन् । कतै मैले उनलाई असल मित्रका रूपमा मात्र हेर्नु गलत त हैन ? फेरि उनले भनेको कुरा सम्झन्छु । उनलाई त यस्तो प्रेम सम्बन्ध व्यर्थ लाग्छ, मन पराउँदिन भने कसरी... ?

उनलाई सजिलैसँग 'हामी साथीमात्र हौँ' भने पनि मलाई गाह्रो भैरहेको छ । मनमा विचारका हजारौँ नदीहरू बगिरहन्छन्, स्मृतिका पानाहरू रफ्तारमा पल्टिरहन्छन् । विगतका उनीसँगको समयले अर्धचेत बनाइदिन्छ । अवचेतन दिमागमा टाँसिएका पलहरू अब चेतनशील भागतिर गैरहेका छन् तर पनि, खै हाम्रो सम्बन्ध के हो ? म एकोहोरो सोचिरहन्छु । किन उनी घरमा ढाँटीढाँटी मलाई भेट्न आउँछिन् ? साह्रै केयर गर्छिन्, यस्तो गर, उस्तो गर, यो राम्रो, त्यो नराम्रो इत्यादि । अनि मलाई किन उनको सामीप्य मन पर्छ ? किन आफूलाई उनीभित्र हराउँदा आनन्द लाग्छ ? सोच्दासोच्दै म प्रतिप्रश्न गर्न थाल्छु, साँच्चै हाम्रो सम्बन्ध के हो ?

अज्ञात

0 comments: On Nepali Lekh Rachana - Uni Bhitra Harauda

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.