As usual today we have तिमीलाई पिरोल्नेछ, taken from our weekly magazine Saptahik. Enjoy reading the Story and don't forget to leave your valuable comment.
प्रेम, माया, मिलन, बिछोडको कुरै सुन्न नसक्ने गरी कानको जाली फुटाएको छ । यतिमात्र होइन, छरछिमेक, दाजुभाइ, इष्टमित्रको नजरबाट चोट पाएको छु । आज बल्ल पो थाहा पाइयो प्रेम के हो ? मिलन के हो ? बिछोड के हो ? चोट के हो ? मलाई यी सबै कुराको ज्ञान दियौ तर यो ज्ञान मात्र ज्ञानमा सीमित रहयो । के गर्नु तिमीले यो मनमा लात हानेर मेरो जीवनलाई नर्क बनाइदियौ ।
तिम्रा लागि तारासँग उज्यालो सापटी लिएँ, भगवान्सँग समय मागेँ, मन्दिर मन्दिरको ढोका ढकढकाएँ । यमराजसँग मृत्यु सापटी मागेँ । आखिर यो मुटुको चार कोठा दँषित वायु सञ्चय गर्ने भकारी बन्यो । मेरा अमूल्य पल जुन मैले आफ्नो घरपरिवार, दाजुभाइ, दिदीबहिनी अनि आफूलाई जन्म दिने बाबुआमा नभनी तिम्रो लागि खर्चिएँ । तिमीलाई ठूलो पश्चात्ताप लाग्नेछ- मेरो यो चोखो माया अनि निःस्वार्थ सहयोग अनि विश्वासका लागि । तिमीले मलाई जे गरे पनि पक्कै पनि ईश्वर छन् भने ती पापहरूले तिमीलाई अवश्य पिरोल्नेछ ।
तिमीजस्ती पढेलेखेकी युवतीले रुढिवादी परम्परालाई अघि सारेर मेरो मुटुमा लात हान्यौ । मलाई मेरा साथीहरूले सल्लाह त दिएका थिए, अन्त्यमा हात्ती छिर्यो, पुच्छर अड्कियो भनेजस्तै हुन्छ भनेर । तिमी मेरो जीवनमा नआउँदा म असाध्यै खुसी थिएँ तर तिमी मेरो जीवनमा आएर आँधी ल्याइदियौ । त्यसैले आज मेरो जीवन अन्धकारमय भएको छ । दिनहरू सधैँ रातझैँ हुन्छन् । ऋतुहरू सधैँ हेमन्त र शिशिर हुन्छ । आज पूणिर्माको दिन पनि औँसीको कालो रात भएको छ अनि म लक्ष्य र उद्देश्यहीन भएको छु । रातमा निद्रा, भोकमा भोजन, प्यासमा पानी छैन । सबै चीज थियो सबै थोक मेरो नजरमा छैन.... भए पनि केही छैन... कतै थिएन, ती सबै चिज मेरो नजरमा छैन.... भएर पनि ग्रहण गर्ने मन छैन, देख्ने नयन छन् तर सारा संसार अँध्यारो छ । उज्यालो कतै छैन । जीवन भएर पनि रम्ने र रमाउने सहारा छैन... जहाँ मेरो जीवन नुनबिनाको तरकारी भएको छ । बिनावसन्तको हरियाली छ, बिनासंगीतको गीत छ.... ।
दुनियाँलाई थाहा भएकै कुरा हो, आज तिमी मबाट धेरै टाढा छांै । मेरो प्रेम चिप्ल्याएर आज पराइको काखमा रमाइरहेकी छौ । यो संसार तिम्रा लागि हो । जीवन तिम्रा लागि हो, म शिशिरयामको न्याउलीजस्तो बेखबर छु । कहाँ छु थाहा छैन । यो संसार हार्नेका लागि रहेनछ, केवल जित्नेका लागि मात्र । त्यो पनि तिमीजस्तो स्वार्थको खेती गर्नेहरूका लागि । त्यसैले यो संसार मेरा लागि होइन । हो, यो मेरो ठूलो भूल सम्झन्छु । तिमी जहाँ जसरी भए पनि पराईको अँगालोमा हाँसो र खुसीसहित रमाउनु, पुराना दिनहरू सम्झेर कहिल्यै नबहकिनु । अब त चाहेर होस् वा कुनै समस्यामा परेर होस् तिमीलाई आफ्नो बनाउनु त के, म आफैँ पनि यो संसारमा टिक्छु-टिक्दिनँ ? यदि आफ्नो गल्तीको माफी नै चाहन्छौ भने म सपनीमा जोगीको भेषमा भीख माग्दै आएछु भने पनि भीख नदिनु । अर्को जन्ममा तिम्रो र मेरो भेट यही सन्दर्भमा भएछ भने पनि नचिनेको जस्तो गरिदिनु ।
- विश्वास

0 comments: On नेपाली साहित्य | Nepali Lekh Rachana - Timilaai Pirolne Chha
Post a Comment