Latest Update :

Nepali Lekh Rachana - Timi Merai nimti Fuleki Hou


We all know that we are not right always, there may be any mistakes somethme knowingly or unknowingly  but in that condition most of we loose our precious things due to the small mistake where as some of them are forgiven to us. Well as always this time we have brought you "तिमी मेरै निम्ति फुलेकी हौं" taken from our weekly magazine Saptahik. Hope you will Enjoy reading this.
समयको गतिसँगै सबै कुरा आ-आफ्नो अवस्थालाई पार गर्न व्यस्त हुन्छ । यस्तै समयसँगै दौडने क्रममा म प्राकृतिक आकांक्षा पाल्ने अवस्थामा आइपुगेको छु । यो समयको माग हो वा मेरो चढ्दो यौवनको ? जहाँ मैले तिम्रो साथ पाउने आकांक्षा राखें । यसमा मेरो गल्ती छ भने अन्जान सम्झी माफ गर । मलाई त्यस्तो कुनै अधिकार त थिएन तर पनि तिमीलाई सम्बोधन गरी मनको भावना कागजको पानामा उतार्ने जमर्को गर्दैछु आशा छ सहर्ष स्वीकार गर्नेछौं ।

तिम्रो अमूल्य माया अनि तिम्रो मधुर बोलीले मलाई मदहोस बनाएको छ । कुनै कठोर परिस्थितिमा तिमीलाई सम्झँदा मात्र पनि सन्तोष प्राप्त हुन्छ ।

म तिम्रो दीर्घायुको कामना गर्छु । यसमा अन्यथा नसोचिदेऊ चिनजान धेरै लम्बिन नपाउँदै तिमीसँग यात्रा गरें । त्यही यात्राका क्रममा तिमीलाई अत्यधिक माया गर्न थालेछु, बगंैचामा रंगीबिरंगी फूल फुलेका भए पनि मेरो हृदयको रोजाइ तिमी नै बन्न पुग्यौं । सायद तिमी मेरै निम्ति फुलेकी हौं । तिम्रो त्यो सुन्दर मुहार अनि मीठो बोलीमाथि अलिकति मुस्कुराउँदाको सुन्दरता वर्णन गरी नसकिने, अनि तिम्रो त्यो सहयोगी भावना र अरूप्रति गर्ने तिम्रो व्यवहार.... तिम्रो व्यवहारले पनि होला म एकोहोरो भएको... ।

आजको समाजमा जताततै स्वार्थले जरा गाडेको छ । यहाँ चेतनशील भनाउँदाहरू पशुभन्दा पनि तल खसेर आफ्नो स्वार्थ पूर्तिका लागि विभिन्न जालझेल रच्न आतुर छन् । जसले गर्दा निर्दोषहरूमाथि बज्र प्रहार भैरहेको छ । जहाँत्यहीँ छलकपट, विश्वासघात अनि मायाप्रेम जस्तो अमूल्य चीजमा पनि धोका भेटि्न्छ तर तिमी र मेरो वास्तविकता त्यो होइन । मैले पहिलो नजरमै तिमीलाई रोजें, तिमीबाट टाढा रहँदा पनि हृदयको कुना-कुनामा तिम्रै तस्बिर खोज्न थाले । यो सुन्दर संसारमा तिम्रै न्यानो माया अनि साथ पाइरहुँ तिम्रै सहारामा जिन्दगीको उकालीओराली अनि भन्ज्याङहरू पार गर्दै जान पाउँ ।

- उमेश

0 comments: On Nepali Lekh Rachana - Timi Merai nimti Fuleki Hou

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.