Latest Update :

Nepali Gaijatra Bishes - Chopnai Parchha Nani - Gajal By Murari Aryal


छोपी ओरी लुगा लाउने गर अब बानी,
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
कथा पनि क्या भिखारी तिम्रै लुगा माग्ने,
६० बर्षे बुढा पनि तिम्रै पछी लाग्ने ।
छोटै लुगा किन्नु पर्ने किन छानी छानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।

फेरी यस्तो गजल मैले लेख्नु नपरोस,
तिम्रो भित्री गन्जी बाहिर देख्नु नपरोस ।
छोप्दैमा के रित्तिन्छ र त्यो रूपको खानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
बैंश आको छ भन्दैमा उम्लिएर हुन्न,
पोखिएर झरेपछि कसैले नि छुन्न
मैले भन्या कुरा मान राम्रो अर्ति ठानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।

छोपी ओरी लुगा लाउने गर अब बानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।

मुरारी अर्याल
सरस्वतिनगर , काठमाडौं
Published in : onlinekhabar.com

0 comments: On Nepali Gaijatra Bishes - Chopnai Parchha Nani - Gajal By Murari Aryal

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.