Latest Update :

Niruta Singh - Back in Nepali Movies with Glamorous Role


Nepali Actress Niruta Singh was out of Screen for some gap, as she was in India for her Study in Interior Designing but now she is in Valley for her upcoming Movie  The Game in Glamorous Role.  Lets checkout in Detail by Nepal Samachar Patra..

नायिका निरुता सिंह केही समय मुम्बई गएर के बसिन् नेपाली चलचित्र उद्योगलाई उनको न्यास्रो नै लागेजस्तो छ। त्यसैले त उनी एउटा चलचित्रको काम गर्ने गरी नेपाल आउनासाथ लगालग चलचित्रमा पुनः व्यस्त हुन थालेकी छिन्। तर अबको चलचित्रमा भने उनलाई पहिलेजस्तो केवल एउटी दुःखी र अवला नारीको भूमिकामा मात्र देखिने छैन। लामो समयसम्म रोनाधोनावाला दुःखी अपहेलित अवला नारीको भूमिकामा खेलेर दर्शकको मन जितिसकेपछि केही समयको विश्रामपश्चात् पुनः चलचित्रमा फर्कंदा उनी ग्ल्यामर रुपमा प्रस्तुत हुँदै छिन्। उनलाई अब अहिलेको ट्रेन्डअनुसार ग्ल्यामर र आधुनिक भूमिकामा पाइनेछ। चलेका तत्कालीन नायकलाई जति पनि दिन तयार नेपाली चलचित्रका निर्माताले नायिकाको पारिश्रमिक घटाउँदै जान थालेपछि र एक तमासले चलचित्रमा काम गरेपछि मोनोटोनस भई विधा परिवर्तन गरी इन्टेरियर डिजाइन सिक्न मुम्बईतिर लागेकी निरुता एक वर्षजति हराएपछि अन्ततः पुनः यसै क्षेत्रमा फर्किएकी हुन्।

महिला चलचित्र सम्पादक रक्षा सिंहले पहिलोपटक निर्देशन गरेको चलचित्र द गेमका लागि आफूलाई नै रोजेपछि उनी नेपाल आएकी थिइन्। द गेम सकिँदा नसकिँदै उनले भटाभट चलचित्र पाउन थालिन्। द गेम सकिनासाथ उनी नव निर्देशक भद्र भुजेल मलाई मन पर्योमा काम गरिरहेकी छिन् भने अन्य चलचित्रमा पनि उनको कुरा चलिरहेको छ।

यतिखेर आएर निरुता अब बदलिएकी छिन्। द गेम र मलाई मन पर्यो दुवै चलचित्रमा उनी ग्ल्यामर र आधुनिक भूमिकामा छिन्। मैले अहिले भनेर रोल चेन्ज गरेको होइन। कोइन्सिडेन्ट भनौं रक्षाले मुम्बईमा फोन गरेर बोलायो आएर रोल गरेँ। मोर्डन रोल रहेछ। मलाई मन पर्योमा पनि मोर्डन रोल नै पर्यो। तर रोनाधोनावाला रोल नै नगर्ने भनेको होइन -उनले भनिन्- एउटा कलाकारले हर किसिमको रोल गर्नुपर्छ। सबै प्रकारको रोल गर्छु।
मोर्डन ड्रेसअप पहिला पनि गरेको हो। फरक यति हो कि ?त्यतिखेरको फेसन अर्कै थियो अहिलेको अर्कै छ। मैले यी दुवैमा अहिलेको फेसन गरेकी छु।

नेपाली चलचित्रबाट दिक्क भई भारतमा इन्टेरियर डिजाइनिङ पढ्न गए पनि उनको यो सपना पूरा हुन सकेन। कलेज खोज्दा खोज्दै समय गयो’ निरुताले भनिन्- बीचमा काकाको निधन भयो। म फेडअप भए इन्टेयिर डिजाइनिङ पढ्न सकिनँ। ५ महिना त शोकमा घरमै बिताएँ। पछि फेरि मुम्बई त गएँ। तर त्यहाँको महँगीलगायतका कुराले इन्टेरियर डिजाइनर बन्ने सपना पूरा भएन। अब चलचित्र क्षेत्रमै सक्रिय रहन्छु। इन्टेरियर डिजाइनर बन्ने सपना पूरा नभएपछि उनले त्यहाँ गएका बेला एउटा विज्ञापनमा मोडलिङ गर्ने अवसर भने पाइन्। उनले कार्बन मोबाइलको विज्ञापनमा मोडलिङ गरेकी छिन् जो हिजोआज भारतीय टेलिभिजन च्यानहरुमा प्रसारण भइरहने गर्दछ।

त्यसो त निरुतालाई नेपालमा चलचित्र नपाएर मुम्र्बइतिर लागेको आरोप पनि लाग्यो। तर उनी भन्छिन्- फिल्म नपाएर गएको होइन। त्यतिखेर नेपाली फिल्मको स्तरीयता घटेको थियो। स्यालरी पनि चित्तै नबुभुने गरी दिइन्थ्यो। रोल पनि त्यस्तै। त्यसैले यहीँ हुँदा पनि चित्त नबुझेर कति फिल्म मैले गरिनँ’ उनको भनाइ थियो- रेट पनि घटी फिल्मको क्वालिटी पनि लस अनि सधैं उस्तै रोल गर्दा गर्दा मोनोटोनस भएकाले मुम्बई गएकी थिएँ।

0 comments: On Niruta Singh - Back in Nepali Movies with Glamorous Role

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.