As usual this time also we have grabbed a new story form Jeevan ko Goretoma of Saptahik for you all. You can enjoy reading this story " जिन्दगीका दुखहरू ". Have a great time and don't forget to leave a response below.
जिन्दगीका दुखहरू
हालसालैको कुरा हो, म एउटा प्राइभेट अफिसमा काम गर्थें, सोही अफिसमा काम गर्ने अर्को साथी पनि थियो । आ-आफ्नो कर्तव्यमा प्रतिबद्ध हुँदै अघि बढ्ने क्रम जारी थियो । कर्तव्य बहन गर्ने क्रममा एक त कठिनाइ पर्ने, अर्को आफ्नो दायित्व पूरा गर्ने अभिभारा सानो पदमा रहेपछि आदेश मान्नुमात्र नभएर नीति निर्देशन र नियम पालना गर्नुपर्नर्े बाध्यतासँग मितेरी लगाएपछि अरू के नै चाहियो र ? काम गर्दैजाँदा साथीको आनीबानी व्यवहार र घमन्डी चालले दिक्क लाग्न थाल्यो । म आदेशको पालना गर्थें भने ऊ आफ्नै पारामा चल्थ्यो, म इमान्दारितालाई आत्मसात गर्न खोज्थें भने ऊ छलकपटमै निहित हुन्थ्यो । म सबैको भावनालाई बुझ्न अभिप्रेरित हुन्थँे भने ऊ स्वार्थमा रमाउँथ्यो । अहंकारले मानिसलाई साँच्चै अन्धो बनाउँछ भन्थे नभन्दै हो रहेछ, ऊ वास्तवमा अन्धो नै भैरहेको थियो । प्राणीजगतमा चेतनशील र विवेकशील मानिस नै हो भनिन्छ तर मानिस मानिस नै भएर उभिन सकेको छैन जस्तो लाग्छ ।
एकले अर्कालाई शत्रु देख्ने, दुश्मन सोच्ने समय, अवस्था र परिस्थिति उत्पन्न भएको रहेछ भन्ने मैले महसुस गरेँ । म साथीको महत्त्व बुझेर उसलाई अपनाउन खोज्थें ऊ भने मौका कुथ्र्यो । गोप्यता भन्ने कुरा सबैको हुन्छ, कतिसम्म खोल्ने र कुन हदसम्म गोप्य राख्ने ज्ञान हरेक मानिसमा हुनै पर्छ अन्यथा सबै कुरा उल्टोपाल्टो हुन सक्छ । मानिस जानाजान किन बुझ पचाउँछ यस विषयमा गहिरिएर चिन्तन मनन गरिरहेकै हुन्छु र पनि सार के हो भन्ने तथ्य पत्ता लगाउन जति बुझ्ने प्रयास गर्यो झनै त्यति नै बाँकी हुँदोरहेछ, जति नै गहिराइमा डुब्यो त्यति नै डुब्न बाँकी हुँदोरहेछ ।
जीवनयात्रामा मैले पूर्व-मेचीदेखि पश्चिम-महाकालीसम्मका साथी बनाएँ । मैले साथीको महत्त्व बुझ्न सक्ने र समन्वय, समझदारिता, सहयोगी भावना, विनोदपि्रयता र प्रेम आदान-प्रदान गरेँ । आफैंले आफैंलाई चिन्न सक्नु नै आफ्नो ठूलो पहिचान हो भन्ने कुरा मलाई अवगत थियो । यही सूत्रलाई आधार मानेर अघि बढ्दा म धेरैको साथी भएँ, मेरा धेरै साथी भए । जे कुराको पनि अन्त्य त भैहाल्छ, मिलनसार साथीमित्रहरूसँग रहने मन हुँदाहुँदै पनि बिछोडिनुपर्ने बाध्यता छ । ती साथीहरू र हालको साथीमा मैले धेरै भिन्नता पाएँ । हालको साथीको स्वभाव नै त्यस्तै छ भनेर मेरो आत्माले मलाई नकारात्मक सोचतर्फ अभिप्रेरित गराउँदैन, त्यसकारण म राम्रै सोच्छु, राम्रै देख्छु र राम्रै सद्भाव कायम राख्छु ।
बगिरहने खोला र बितिरहने समयलाई न छेकेर छेकिन्छ न रोकेर रोकिन्छ । खोला निरन्तर बगिरहेकै छ समय आफ्नै गतिमा लम्किरहेको छ । पाउनु, गुमाउनु, भेट्टाउनु, हराउनु, मिल्नु, बिछोडिनु, जानु, आउनु, आउन जानु र जन्मनु मर्नु सबैले पर्छ । त्यस्तो वचन कसैले कसैलाई नदिऊँ, किनभने वचन बिझ्यो भने सधैँलाई बिभmदो रहेछ । हो, त्यस्तै वचन मन मिल्दो साथीले नै लायो, जसलाई म जीवनभर बिर्सन सक्दिनँ ।
सुलक्षण
0 comments: On Nepali Story - Jindagika Dukhaharu
Post a Comment