Latest Update :

Nepali Movie - First Love - Triangular Love Story Movie


हिजो शुक्रबारदेखि नेपालका दर्जनौं सहरका अधिकांश चलचित्र भवनबाट एकसाथ सार्वजनिक भएको चलचित्र 'फस्टलभ' कलेज जीवनको प्रेमकथामा आधारित छ । प्रस्तुतकर्ता माधव वाग्लेको कथामा प्रचण्ड श्रेष्ठले पटकथा एवं संवाद तयार पारेको यो चलचित्रमा दुई किसिमको प्रेमकथा हेर्न पाइन्छ ।


Trailer of - First Love


एउटा कथा त्रिकोणात्मक प्रेममा आधारित छ भने अर्को रहस्यमय प्रेमकथा पनि समावेश छ । चलचित्रको कथाअनुसार आयुष चञ्चले मन भएको युवक हो । उसको अवधारणामा प्रेम एकपटक मात्र हुँदैन, धेरै पटक हुन्छ र ऊ प्रेमलाई खेलका रूपमा वर्णन गर्छ । आभा आफ्नो जीवनको पहिलो प्रेमलाई सफल बनाउने प्रयासमा हुन्छिन् । उनको अवधारणामा प्रेम पटक-पटक नहुन सक्छ । उनी चञ्चले आयुषलाई मन पराउँछिन् ।


अर्कातर्फ गौरव जीवनमै पहिलो प्रेम गाँस्न तत्पर छ । ऊ आभालाई मन पराउँछ, यद्यपि आभाले आयुषलाई मन पराउने कुरा उसलाई थाहा छ । त्यसैले मन परेकी मायालुसमक्ष प्रस्ताव राख्न सक्दैन । उनीहरूकै साथी रोहण एकोहोरो स्वभावको भए पनि कमलो मन भएको युवक हो । उसले रहस्यमय स्वभाव भएकी युवती नीतुलाई मन पराउँछ । प्रेममा समर्पण अनि विश्वास आवश्यक छ भन्ने कुरा सिमोस सुनुवारको निर्देशन तथा नरेन्द्र महर्जनको निर्माणमा बनेको यो चलचित्रमा हेर्न सकिन्छ । सत्य-स्वरूपको संगीतमा तयार भएको यो चलचित्रमा सुरेन्द्रमान सिंहले एउटा गीतमा संगीत दिएका छन् । फस्टलभमा हरि हुमागाईंको छायांकन, शंकर बिसीको नृत्य-निर्देशन तथा राजकुमार उप्रेतीको द्वन्द्व-निर्देशन छ । आर्यन सिग्देल, निशा अधिकारी, विनय श्रेष्ठ, कर्म तथा ऋचा शर्मा चलचित्र फस्टलभका प्रमुख कलाकार हुन् ।

Watch Song - Pahilo Prem Ko 


0 comments: On Nepali Movie - First Love - Triangular Love Story Movie

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.