This time we have got " बियोग देऊ "in our " जीवनको गोरेटोमा " of Saptahik Weekly. Enjoy Reading it Below and don't forget to comment below :-
बियोग देऊ
तिमी मलाई स्वीकार, म भन्दिनँ । त्यो तिम्रो मन हो तर म तिमीलाई कति मिस गर्छु र कति चाहन्छु, म आफैँलाई थाहा छ । यो जिन्दगीको यात्रा धेरै जोखिमपूर्ण बाध्यतासँगै निष्ठुर नभएको होइन । यो यात्रालाई धिकार्दै अनि हृदयको आसुधारले पागल प्रेमलाई रुझाउँदैछु ।
भन्छन्, मिलनपछि बिछोड हुन्छ । त्यस्तै हुनु रहेछ हाम्रो मायामा । कहिलेकाहीँ फूलले पनि घोच्छ अनि मात्रै आँसु मूल्यवान् हुन्छ, हृदय दुख्छ, फेरि पनि सम्झनाले कुहिरोसरि सताउँछ । यो कस्तो पीडा अनि कस्तो विडम्बना, वास्तवमा माया विचित्रको छ अनि हाम्रो जिन्दगी पनि ।
कसैले यात्रासँगै भएको आघात अनि वियोगमा जलिरहने यो प्रेम आशा अनि पर्खाइ दुवैको सम्बन्ध गाढा बनाउन तिमीले साथ नदिएको होइन, तर नखाएको अमृत पनि विष बन्दो रहेछ । मुटुभित्रको धड्कनलाई रोकिदिऊँजस्तो हुन्छ । तै पनि म हाम्रो प्रेमप्रति खेद व्यक्त गर्दिनँ ।
तिमीलाई हरेक मोडमा चाहन्छु । तिमीसँग जिउन चाहन्छु भने सम्पूर्ण दुःख बिर्सिदिन पनि । हाम्रो मिलन अधुरो छ... । मेरो यो आँसु कसैका लागि विषय नबनोस् । भूल भयो मलाई वियोग देऊ ।
-१६५
0 comments: On Nepali Lekh Rachana - Biyog Deu
Post a Comment