Latest Update :

Show More To Become Hit - Truth of Modeling World

Well we are talking about Nepali Models in todays Context. It is almost true that one who has exposed herself a lot in her photo-shoot or in any Movie, people show there huge craze todards them. It means More they show they gather lot of fans. So here today here we have an article from Nayapatrika lets check it our.

मोडलिङ यस्तो क्षेत्र हो जहा आफूलाई एक्सपोज गर्न नसक्नेहरुको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो ।

बेबी थापा, मोडल

फेसन र मोडलिङलाई अनेक कोणबाट व्याख्या गरिन्छ । तर, मलाई लाग्छ फेसन या मोडलिङ 'यही हो भनेर’ यसको इक्ज्याक्ट डेफिनिसन दिन सकिँदैन । त्यसैले म डेफिनिसनतिर जान चाहन्नँ । मेरा लागि फेसन र मोडलिङ प्यासन हुन् ।

मोडलिङमा आफूलाई जति एक्सपोज गर्न सकिन्छ, उति राम्रो ! अंग प्रदर्शन या नग्नप्रदर्शन भनेर टिप्पणी गर्ने समय अब एकादेशको कथा भइसक्यो । नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि 'कति देखाउने र कति छोप्ने’ को कोड अफ कन्डक्टले अब हावा खाइसकेको छ ।

मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो- आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु- मोडेलले एक्सपोज गर्न किन डराउने ?

मलाई लाग्दैन- सांस्कृतिक भेषभूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ । आज मोडलिङमा कहीँ-कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ ।

नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि 'गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।’ इट इज जस्ट रिडिक्युलस (एकदम हास्यास्पद कुरा हो यो) । फोटो खिचेपछि फोटो छापिदिनु उसको जिम्मेवारी हो । मेरो फोटोले कुनै गलत मेसेज दिन्छ भने त्यसको जिम्मेवारी मेरो हो ।

फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन ।

आजसम्म मेरा ४/५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालका एकजना सेलीब्रेटी मेरा प्रेमी छन् । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्‍यो र ?

सेक्स विफोर म्यारिज (विवाहभन्दा पहिले सेक्स) खराब कुरा होइन । तर, सेफ सेक्स जरुरी छ ।

धरानको नास्ट कलेजबाट मैले बिए गरेकी छु । मोडलिङ क्षेत्रमा आएको ६ वर्ष भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने रहर छैन । मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ । म मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ- अबको पाँच/दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।

यसपालिको वल्र्डकप खुब इन्जोय गरेँ । अर्जेन्टिनाको फ्यान हुँ । तर, अर्जेन्टिनाले हारेपछि स्पेनको समर्थक भएकी छु ।

शब्द/तस्बिर - श्रीधर पौडेल mevaisp@gmail.com
स्टुडियो - इ कलेज मोडेल डटकम
मेकअप - करणसिंह चैसिर
जर्सी सौजन्य - सलिम स्पोर्टस इन्टरप्राइजेज, त्रिपुरेश्वर

0 comments: On Show More To Become Hit - Truth of Modeling World

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.