Latest Update :

Rejina Upreti - Hot Actress in Action Role


We all know about our Hot and Sexy Actress Rejina Upreti After the bold pose that she gave in her Movie Hungama she is widely known as Hot Nepali Actress. While it came to News that our Hot actress Rejina is coming in Action Role in her Upcoming Movie "Chino" and "Mato". Lets checkout in detail by Nayapatrika.

एक्सन रोल खेलेको पहिलो फिल्म चिनो प्रदर्शन नहुँदै नायिका रेजिना उप्रेती फेरि अर्का फिल्म माटोमा एक्सन रोलमा देखापर्दै छिन् । किशोर सुब्बाको निर्देशनमा हाल राजधानीमा सुटिङ भइरहेको सो फिल्ममा आफू एक्सन भूमिकामा रहेको नायिका रेजिनाले बताएकी छिन् ।

'चिनोपछि एक्सन रोल गरेको यो मेरो दोस्रो फिल्म हो,' माटोमा आफ्नो भूमिकाबारे उनले भनिन्, 'सुरुमा पीडित नारीको भूमिकामा छु । कतैबाट पनि न्याय नपाएपछि आफ्नो देशको माटोका लागि क्रान्तिकारी बन्छु । आम पीडित नेपाली नारीको प्रतिनिधित्व गर्दै समाजका शोषक वर्गको अन्त्य गर्ने अभियानमा लाग्छु ।' पछिल्लो समयमा आफूलाई एक्सन भूमिकामा अफर आउन थालेकोमा दंग परेकी छिन् रेजिना । 'म हरेक प्रकारको रोल गर्न चाहन्छु, सक्छु,' उनको दाबी छ, 'चिनोमा मैले गरेको एक्सन देखेपछि यो कुरा प्रमाणित हुन्छ कि म एक्सनमा पनि उत्तिकै जम्छु ।'

आफ्नो फिल्ममा हिमाल, पहाड, मधेस, तराई सबै भेगका प्रतिनिधि पात्र उभ्याइएको निर्देशक किशोर सुब्बा बताउँछन् । भन्छन्, 'माटोमा सबै नेपाली एक हौँ । हाम्रो माटोको सुरक्षा हामी सबैले गर्नुपर्छ भन्ने सन्देश छ ।' फिल्ममा रेजिनासहित राजेश हमाल, सीमान्त उदास, मुकन्द श्रेष्ठ तथा मित्र लिङदेन प्रमुख भूमिका छन् ।

0 comments: On Rejina Upreti - Hot Actress in Action Role

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.