म छु
पहिले मैले केटी भन्दा
आँखातरी हेर्थेउ किन ?
अरुनै छ मेरो भन्थेउ
लक्का जवान आउछ लिन ।
निरिह म एक्लै टाढा
पर बसी टोलाउथे ।
आरुसगै हिंडेउ तिमी
मनमनै बोलाउथे ।
तिम्रो पिछा मैले गरे
तिमी अघी अघी गयौ ।
छोडि गए यात्रीहरु
थाकी तिमी एक्लै भयौ
भो भो नरोउ ....
केश फिजाइ , आशु बगाइ
जीवन किन ब्यर्थ सोच्या ?
तिम्रै लागि बगेको मन
बगी र छ छैन रोक्या ।
Mukunda Koirala
Biratnagar
Biratnagar
0 comments: On Nepali Muktak - Ma Chhu - Mukunda Koirala
Post a Comment