Latest Update :

Nepali Muktak - Jiteu Timle - Mukunda Koirala

जित्यौ तिम्ले
Mukunda Koirala
Biratnagar
रोयौ तिमी हासे म
घरिघरि सन्झियेर
बस्येउ तिमी हिडे म
परपर तर्किएर ।


बोल्थ्यौ तिमी थुन्थे कान
के हो ? भनी झर्किएर
पोख्यौ दु:ख रुदै झन
बोले झन कर्किएर ।

अलिपर पुगेपछी
हेरेपछि फ़र्किएर
लड्यो घर धाजाधाजा
हुदैहुदै चर्किएर ।

मर्यौ तिमी बाचे म
एक्लैएक्लै तड्पिएर
उम्क्यौ तिमी फ़से म
बीच भिरमा लड्कियेर ।

गयौ तिमी कहा खै
येतै छौ कि वरिपरि
गयौ तिमी कह खै
एतै छौ कि बनचरी ।

पुग्यौ तिमी कहा खै ?
भेटौ अब कसोगरी
जित्यौ तिम्ले हारे म
जीवनमा सधैभरि ।

0 comments: On Nepali Muktak - Jiteu Timle - Mukunda Koirala

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.