Latest Update :

Jeevan Ko Goretoma - Mero Pida Ra Uni


As usual from the corner of  " जीवनको गोरेटोमा "   from Saptahik Weekly this time we have मेरो पीडा र उनी  to read. Enjoy Reading.

२०६५ भदौ २, राति सप्तकोसी नदीले आफ्नो बाटो बिर्सन्छ । पूर्वाञ्चलका साथै सारा नेपाली मर्माहत हुन्छन् । कोसीको कठोर रूपको परिणाम पूर्व-पश्चिम राजमार्गमा पर्छ फलस्वरूप सडक अवरोध हुन्छ । यात्रुसामु म मेरो कर्तव्य खोज्छु र पाउँछु पनि, साथै जाने निश्चित योजनाअनुसार गाडी भित्र पस्नासाथ जिम्मे बारीस्वरूप एक ६-७ वषर्ीया नानीका साथमा उनकी आमा पाउँछु । यात्राभरि उनी मेरो सोचाइको कारण बन्छिन्, हाम्रो छोटो यात्रा समाप्त हुन्छ ।

हामी सबै झर्छा, आमालाई अन्टी तथा बालिकालाई नानु शब्दले सम्बोधन गर्दै कोसी किनार पुग्ने विकल्प खोज्दै अन्तिममा बाहिरी संसार खुला रूपमा देखिने तथा अवलोकन गर्न मिल्ने एउटा साधन भेट्टाउँछु । अन्टीसँग सामान्य परिचय हुन्छ, म मेरो वास्तविकता बताउँछु । तत्कालै म मेरी सानी नानुसँग कुराकानीमा व्यस्त हुन्छु ।

निश्चित गन्तव्य पुग्न अझ बाँकी नै छ । पुनः सामग्रीसहित नानुलाई यात्रुको भीड हुँदाहुँदै काखमा राखी मरुभूमिसरह सडकमा यात्रारत हुन्छु । १५-२० मिनेटको तेस्रो स्थानमा प्रकृतिले निःशुल्क बालुवाको उपहारद्वारा मेरी नानुसहित अन्टी र मलाई पनि निर्बाध रूपले संसार हेर्न चुनौती दिन्छ । परिस्थितिको सामना गर्न आतुर मेरा हातले नानुको आँखाको धूलो हटाउने प्रयास गर्छ तर पनि सफल हुन हम्मेहम्मे पर्छ । आत्तिन, रुन, भयभीत हुन खोज्ने मेरी नानुलाई पीडा भएको थाहा पाउँछु, अन्ततः तेस्रो यात्राले पनि हामीलाई सँगै राख्न सक्दैन र पुरानै कार्यको पुनरावृत्ति हुन्छ ।

अन्तिम यात्रामा हामी डुंगा चढ्नुपर्ने तथा नदी पार गर्नुपर्ने हुन्छ । जुठो-चोखोको परिभाषा हामीलाई थाहा हुँदैन । केही समयको पर्खाइपश्चात् सेनाद्वारा सञ्चालित मोटर बोटले हामीलाई स्वागत गर्छ । पानीमाथिको यात्रामा नडराउन आग्रह गर्छु ।

मोटरबाटोको यात्रापछि अनायासै म थकित जस्तो हुन्छु, हिँड्न खोज्दा पाइला सर्नै हिच्किचाउँछन्, आँखा पनि मौन छन् । अन्ततः नचाहेर पनि एक हातमा केही सामग्री र अर्को हातको अनामिकाको साथमा नानुलाई लिएर छोटो पैदल यात्राका लागि मािथ उक्लने प्रयास गर्छु । 'अंकल हजुर बिरामी हो, यो ब्याग मम्मीलाई दिनुस् न, मम्मीले ल्याइहाल्नुहुन्छ नि, म झस्किन्छु ।

फेरि मम्मी, हजुरसँग औषधी छ ? अंकललाई दिनुस् न, वाक्य सुनेपछि भावविह्वल हुन्छु, मेरो शरीरको अभिन्न अंग मबाट छुट्न लागेजस्तो हुन्छ, होस गुम्न लागेको मान्छु, संसार अन्धकार लाग्छ, खुट्टा ठीक ठाउँ पहिचान गर्न अल्छी मान्छ तर अझ पनि नानुको सहारामा दूरी परिवर्तन गर्न बाध्य हुन्छृु । म चाहन्न हाम्रो साथ छुटोस्, र्फकन मान्दिन नानु अहँ तर म देख्छु नानुको प्रतीक्षामा पर एउटा सेतो अचल वस्तु, छेउ पुग्दा थाहा पाउँछु कि त्यो मेरी नानुलाई नै पर्खिरहेको थियो । अब म झन् प्रताडित हुन्छु, मलाई पीडा हुन्छ, कल्पना गर्न सक्दनँ कि म नानुलाई पठाउँछु तर हे प्रभु प्रकृतिको नियम अंगीकार गर्न बाध्य हुन्छु । सोच्छु यसभन्दा अघि म जान सक्दिनँ, अनामिका झन् कसिलो हुन्छ । स्वागतार्थ खडा वाहक हतार गर्न थाल्छ । नानुलाई ताते हात गरी ढोका छेउ पुर्‍याएको अनुमान गर्छु, आँखाको धमिलो हेराइले पनि सायद सही नै ठान्छ होला, मेरी नानु बाध्यतासँग प्रतिस्पर्धा गर्न सक्दिनन् । ढोकाभित्र प्रवेशसँगै नानुलाई ठेस लाग्छ तर पीडा सहन्छु, विपरीततर्फ मेरा पाइला चल्छन्, म पुग्छु । सवारीको झ्याल खुला छ, छेउमा मेरी नानु, साथमा मम्मी पनि, मम्मीसँग औपचारिक बिदा माग्दै राम्रोसँग जान, नानुको ख्याल गर्न र पुग्नासाथ जानकारी दिन आग्रह गर्छु ।

आँसु पछु्दा पुछ्दै नानु मलाई अकस्मात अँगालोमा लिन्छिन् र 'अंकल हजुर किन रुनुभएको ?' बल्ल थाहा पाउँछु मेरा आँखाले पनि आँसु खसालेछन् । सुँक्क-सुँक्क आवाज कानमा गुञ्जायमान हुन्छ, नानुले मलाई पनि बाध्य बनाउँछिन् । कसैले छुटाउन नसक्ने गरी अँगालोमा कस्छु । मेरो मुटु मबाट छुट्न लागेको हुन्छ । ' अंकल टेलिफोन गर्नु है' आवाजले मर्माहत हुन्छु, छट्पटिन्छु । म प्रत्युत्तर दिन ढिला गर्दिनँ । पुनः नानुसँग भेट हुने-नहुने गहिरो दोधारमा पर्छु । आँखाले भ्याउन्जेल उनी र मबीच बिदाइको हात हल्लिरहन्छ ।

- जीवन न्यौपाने

0 comments: On Jeevan Ko Goretoma - Mero Pida Ra Uni

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.