Latest Update :

Sapana Ko Naulo Sansar - Kaliwood Movie


'सपनाको नौलो संसार' को प्रदर्शन काठमाडौंबाहिरबाट प्रारम्भ भएको छ । यो चलचित्रमा पूरा नभएका सपना लिएर नौलो संसारमा प्रवेश गर्नेहरूको कथा समेटिएको छ । नृत्य निर्देश्ाक राजु शाहले निर्देश्ान गरेको यो चलचित्रमा राजेश हमाल, दिलीप रायमाझी, तृप्ति नाडकर, ऋचा घिमिरे, जितु नेपाल आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।


जुहार पाण्डे, दिनेशकुमार लामा तथा सुधाश्री मल्लको संयुक्त लगानीमा निर्माण भएको यो चलिचत्रको छायांकन नेपालका अतिरिक्त युरोपका केही देशमा गरिएको छ । चलचित्रमा अधुरा सपना लिएर उज्यालो खोज्नेहरूको कथा एकातिर छ भने सपना पूरा गर्न विभिन्न किसिमका संघर्ष गर्नेहरूको कथा अर्कातिर छ । दिलीप र ऋचाले पूरा नभएका सपना लिएर नौलो संसारमा प्रवेश गर्नेहरूको प्रतिनिधित्व गरेका छन् । राजेश हमाल तथा नृप्तिले भने सपना पूरा गर्न संघर्ष गरेका छन् । चलचित्रमा नायिका घिमिरेको आइटम नृत्य दर्शनीय छ । प्रेमकथासमेत समेटिएको यो चलचित्रका केही गीत यूरोपमा छायांकन गरिएका हुन् । जसमा नायिका घिमिरे विदेशी नृत्यांगनाहरूसँग नाचेकी छिन् । 
source :- Saptahik Weekly

0 comments: On Sapana Ko Naulo Sansar - Kaliwood Movie

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.