Latest Update :

Sahasi - Nepali Movie Review



नेपाल भ्रमण वर्ष२०११ लाई सफल पारौँ, नेपाली चलचित्रलाई माया गरौँ भन्ने नाराका साथ चलचित्र साहसीको प्रथम प्रदर्शन एक महिनापछि हङकङबाट गरिने भएको छ । नेपालकै उत्कृष्ट गन्तव्यहरूमा छायांकन गरिएकाले पर्यटन वर्षलाई सघाउन यस चलचित्रलाई हङकङबाट प्रदर्शनमा ल्याइन लागेको निर्माण
पक्षले जानकारी गराएको छ। उच्च हिमाली क्षेत्रको रंगी-विरंगी लेकाली फूल, हिमाली दृश्य एवम् करिब ४ मिटरभन्दा माथिको उच्च पहाडी र हिमाली भेगमा छायांकन भएकाले दर्शकको मन लोभ्याउन सक्ने र पर्यटन वर्ष२०११ लाई पनि सहयोग पुर्याउने विश्वास गरिएको निर्देशक वासुदेव पोखरेलले बताए। नायक राजेश हमाललाई नयाँ भूमिकामार्फ साहसीमा चिनियाँ मार्सल आर्ट खेल उसुअर्न्तर्गत पर्ने ताइचीको प्रमुख कोचको रूपमा उभ्याइएको छ। प्रस्तुतकर्ता एवम् नायक भोजबहादुर गुरुङको जोखिम दृश्यले चलचित्रलाई थप रोचक बनाएको छ। चलचित्रको कथावस्तुले देशको वर्तमान राजनीतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। २७ जुनमा हङकङ प्रदर्शन भएपश्चात् चलचित्रलाई अस्ट्रेलिया, बेलायत, बेल्जियम, जर्मन, फ्रान्स, स्पेन, अमेरिका, जापान, मलेसिया, दार्जिलिङलगायतका विश्वका प्रमुख देशका प्रमुख शहरमा प्रदर्शन गरिने योजना निर्माण पक्षको छ। ( source :- Nepal Samacharpatra )

0 comments: On Sahasi - Nepali Movie Review

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.