Latest Update :

Ranjana Sharma and Shyam Bhattrai Ended their Relation

Ranjana Sharma one of the established Nepali Actress who had entered in Nepali Movies through Nepali TV Serial. As all knows her marriage with Nepali Movie Nirdeshak Shyam Bhattrai. They were having conflict in their relation and were coming regularly in Nepali News Papers. Currently it is flashed out that their relation had ended so lets check out the Gossips by Kamana Patrika.

फिल्मी शैलीमा मायाप्रेम अनि बिहेबन्धनमा बाँधिन पुगेका निर्देशक श्याम भट्टर्राई र नायिका रञ्जना शर्माको दाम्पत्य जीवन फिल्मी शैलीमै टुंगिन पुगेको छ । सात वर्षगाडि गहना नामको टेलिसिरियलमा श्याम निर्देशक र रञ्जना नायिकाका रूपमा सँगै काम गरेपछि उनीहरू निर्देशक र नायिका मात्र रहेनन्, यी दुइ भित्रभित्रै मायाप्रीति र रोमान्समा पनि मस्त हुन थाले । चार वर्षलामो प्रेमपछि श्याम र रञ्जना बिहे गर्ने मुडमा पुगे तर रञ्जनाको परिवार श्यामसँगको विवाहका लागि तयार नभएपछि उनले सात-सात दिनसम्म खानै नखाइदिएर व्रि्रोह मात्र गरिनन्, नाटकीय शैलीमा केही साथीभाइको रोहबरमा यी दुइले २०६३ साल असार १ गते सुटुक्क मन्दिरमा गएर प्रेमविवाह नै गरे ।

बिहेको केही महिना पार नहुँदै यो दम्पतीको सम्बन्ध संकटमा पर्न थाल्यो । सधैँभरि कति लफडा गरिरहने भनेर अलग हुने निष्कर्षा पुग्यौँ’, बेमेल र विखण्डित वैवाहिक जीवन चलिरहेको स्वीकार गर्दै निर्देशक भट्टर्राईले कामनासँग भने- परिवारलाई अगाडि राखेर कुरा गरी सहमतिमै अलग्गिने सल्लाह गरेर अलग्गियौँ ।’
उनीहरू एकअर्कासँग छुट्टएिर अलग बस्न थालेका छन् । श्याम पुरानो बानेश्वरमा आफनो परिवारसँग बस्न थालेका छन् भने रञ्जना दाजुभाउजूसँग बालकुमारीमा बस्न थालेकी छिन् । श्यामले विचार नमिलेकाले अलग भएको बताए पनि रञ्जनाले भने श्यामले हिरोइन भनेकै मन पर्न छाडेको र आफूलाई हिरोइन बनेर फिल्म खेल्न छोडिदे’ भनेकाले मिलेर बस्न नसकेको बताइन् । श्याम सरले मेरो बिहेमा सारा परिवारका अगाडि मलाई फिल्म खेल्नबाट रोक्दिनँ भन्नुभएको थियो ।

उहाँले नै मलाई मर्यादामा ब्रेक दिनुभयो, मौसममा रिपिट गर्नुभयो तर अहिले म स्टाब्लिस भएपछि भने फिल्म नखेल् भनेर हस्तक्षेप गर्न थाल्नुभयो’, रञ्जनाको भनाइ थियो- काखमा राखेर माया गर्ने, स्टाब्लिस पनि गरिदिने अनि अहिले आएरचाहिँ फिल्म नखेल् भन्ने, त्यस्तो पनि हुन्छ- मलाई उहाँले नेम-फेम सबै दिनुभयो तर हामी दुइ सँगै बसेर भविष्य राम्रो हुने, अझ भोलि जन्मने बच्चाको भविष्य राम्रो हुने देखिनँ । त्यसैले आफनै हिसाबले फिल्ममा हिरोइनका रूपमा काम गर्ने र अगाडि बढ्ने सोचेर म उहाँबाट अलग भएँ ।’ श्याम र रञ्जनाले व्यावहारिक रूपमा अलग्गिए पनि कानुनी रूपमा पारपाचुके भने गरेका छैनन् । हामीले बिहे दर्ता गरेका छैनौँ, त्यसैले लिगल्ली डिभोर्स गर्नुपर्छजस्तो लागेको छैन’, दुवैको भनाइ उही थियो- पर्‍यो भने त्यो पनि गर्र्छौं तर हामी फेरि पतिपत्नी भएर बस्न सक्दैनौँ ।’

श्याम र रञ्जना त्यतिखेर अलग हुन पुगे जतिखेर रञ्जनाको नाम भुवन केसीसँग जोडिएर बजारमा हटकेक बनिरहेको थियो । तर दुवै जना आफूहरू अलग हुनुमा सो विषय कारकतत्त्व नभएको बताउँछन् । श्यामले भने- विचार र दृष्टिकोण नमिलेको हो । क्यारेक्टरको कुरामा उनलाई गलत भन्ने ठाउँ छैन ।’ त्यस्तै रञ्जनाले आफूहरू केही महिनाअघिदेखि नै समझदारीमा अलग हुने मनस्थितिमा रहेको र आफूहरूको सम्बन्धविच्छेदमा सो विषयले प्रवेश नपाएको अनि सो कुरा साँचो नभएको पनि बताइन् । उनीहरू पटकपटक अलग्गिने र फेरि मिल्ने गर्दै आइरहेका थिए । अघिल्लोपटकभैँm यसपालि पनि मतभेद र झैझगडाका कारण श्याम केही दिन रञ्जनालाई डेरामा छोडी साथीभाइकहाँ गएर बसेपछि रञ्जनाका दाजुभाउजूले माघ दोस्रो साता उनका सरसामानसहित रञ्जनालाई माइती फर्काएका थिए ।

एकअर्काबाट अलग भएपछि रञ्जनाले कामनासँगको भेटमा भनिन्- लभ इज ब्लाइन्ड भन्ने कुरा साँच्चै हो रहेछ । लभ गर्दा नै मजा हुँदो रहेछ, बिहे गरेपछि कुरै अर्को हुँदो रहेछ । सानैमा बिहे गरेर गल्ती गरियो, अहिले पछुताएकी छु । अब पनि बिहे त गर्छु र राजकुमारै आए पनि आफूले रोजेको होइन, परिवारले खोजेको केटासँग बिहे गर्छु, आठ-दश वर्षघि त बिहे गर्दिनँ ।’ रञ्जनाको सपना छ- अब १५ वर्षम्म त मलाई फिल्म खेल्नबाट कसैले रोक्न सक्दैन ।’ उनको दुखेसो पनि छ- श्याम सरले मलाई इज्जत-नाम सबै दिलाइदिनुभयो । मैले उहाँलाई केही दिन सकिनँ । यत्रो सिरियल र फिल्ममा काम गरे पनि उहाँसँग केही छैन । उहाँलाई अहिले पनि दुःख छ । यस्तो बेलामा मैले उहाँलाई एक्लै छोड्न नहुने हो तर एकातिर उहाँ अर्कोतिर मेरो माइतीमध्ये एक छान्नुपर्ने मझदारमा थिएँ । भविष्यका लागि माइतीलाई छान्न बाध्य भएँ ।’

दुखेसो श्यामको पनि छ । भन्छन्- म आफूलाई निर्देशक ठान्थेँ । फिल्म, सिरियलमा मायाप्रेम, मिलन-बिछोड, विभिन्न आरोहअवरोहको कल्पना गरेर देखाउँथेँ तर मलाई डाइरेक्सन गर्ने मभन्दा माथि अरू नै कोही रहेछ । म त उसले जे-जे सिकायो त्यही-त्यही अभिनय पो गरिरहेको रहेछु ।’ श्यामले भने- अलग हुने बेलामा रञ्जनालाई घर, कार दिन चाहन्थेँ तर अफसोच दिन सकिनँ ।’

रञ्जनाले श्यामसँग अलग भएपछि उनलाई मोबाइलमा फोन गरेर अब आफू उनको जीवनबाट पुर्णरूपमा अलग भइसकेकोमा ढुक्क हुनसमेत आग्रह गरिन् । श्यामसँग उनको भनाइ थियो- तपाईंको जीवनमा फेरि पनि डिर्स्र्टब गर्न आउँछु भन्ने कुरा दिमागबाट निकालिदिए हुन्छ । राम्ररी बस्नू, बेस्ट अफ लक ।’ यता कामनासँग भने रञ्जनाले श्यामसँग अब वैवाहिक सम्बन्ध नरहे पनि ब्वाइफ़्रेन्डको सम्बन्ध रहने र कुनै रेस्टुरेन्ट वा बेकरीमा सँगै भेटिए अचम्म नमाने हुने बताइन् । हामी श्रीमान्-श्रीमती पो रहेनौँ त, साथीभाइ त रहिरहन सक्छौँ नि । उहाँको नेक्स्ट फिल्ममै काम गर्दै छु’ -रञ्जनाले भनिन् । यसमा श्यामले भने सीधै प्रतिवाद गरे- रञ्जनासँग सँगै काम गर्न अब सम्भव छैन ।’                                        - विदुर गिरी ( कामना )

0 comments: On Ranjana Sharma and Shyam Bhattrai Ended their Relation

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.