Latest Update :

Fun - How To Bath - कसरी नुहाउने

Its all about How you take bath, Men and Women, which I found while browsing Nayapatrika. I hope you will love this and don't forget to leave comments..
कसरी नुहाउने ?

महिला

लुगा फुकाल्नुहोस् ।
लामो गाउन लगाएर बाथरुममा पस्ने । श्रीमान्ले देखे भने लजाएजस्तो गरेर शरीरका खुला भाग ढाक्ने ।
ऐनामा आफ्नो शरीर हेर्ने र पेटका झोलिएका मांसपेशीलाई ठीक गर्न अरू बढी शारीरिक अभ्यास गर्ने निर्णय लिने ।
अब बाथटबमा बसेर नुहाउन थाल्ने । अनुहार, पाखुरा र खुट्टा ढाक्ने कपडाका साथै मयल माड्नका लागि स्पन्ज र प्युमिस स्टोन -हलुको पत्थर) प्रयोग गर्ने ।
काँक्रो र तेजपत्ताका साथै थप ४३ भिटामिन प्रयोग गरिएको स्याम्पुले एकपटक कपाल धुने ।
कपाल सफा भएको निधो गर्न दोस्रोपटक पनि धुने ।
कपालमा अंगुर, पुदिना र एभोकाडो-तेलयुक्त कन्डिसनर लगाउने र पन्ध्र मिनेटसम्म राख्ने ।
खुर्पानीको बियाँको धुलो मुखमा घोट्ने, अनुहार रातो नहुन्जेल घोटिरहने ।
अदुवा र सुपारी प्रयोग गरिएको साबुन लगाएर जिउ नुहाउने ।
अघि कपालमा लगाइएको कन्डिसनर राम्ररी पखाल्ने ।
काखी र खुट्टाका राँै खौरने, तर बिकिनी लगाइने भागमा भने सेभ गर्नुभन्दा वाक्स गर्नु -चिल्ल्याउनु) उत्तम होला ।
तपाईंले नुहाउने वेलामा श्रीमान्ले ट्वाइलेट फ्लस गरेर पानीको चाप कम गराइदिए भने घरै उचाल्ने गरी चिच्याउने । श्रीमान्लाई मज्जासँग गाली गर्ने -भद्दा शब्द प्रयोग गरे पनि केही फरक पर्दैन) ।
नुहाइसकेपछि त्रिपालजत्रो रुमालले जिउ पुछ्ने । पानी सोस्ने अर्काे रुमाल टाउकोमा बेर्ने ।
बेडरुममा जाने र लुगा लगाउन साढे एक घन्टा बिताउने ।

पुरुष

लुगा फुकाल्ने र ओछ्यानतिर मिल्काउने
फूर्तिसाथ बाथरुममा नांगै पस्ने । श्रीमती भेटिइन् भने फरक्क उनीपट्ट िर्फकेर आफ्नो '... ... ...
नाच्ने र कुनै गीत सुसेल्ने ।
ऐनामा आफ्नो शरीर नियाल्ने । र, तिघ्राभन्दा माथि कन्याउँदै आफ्नो जिउडालको मनमनै प्रशंसा गर्ने ।
गीत गाउँदै नुहाउन थाल्ने ।
जिउ माड्ने कपडा खोज्नतिर नलाग्ने, किनभने तपाईं त्यस्ता चिज प्रयोग नै गर्नुहुन्न
मुख धुने ।
काखी सफा गर्ने ।
पूरै नुहाउँदाको करिब ७० प्रतिशत समय आफ्नो 'निजी अंग' को सरसफाइमा बिताउने ।
कति ठूलो आवाजमा अपान वायु निकाल्न सक्नुहुन्छ, त्यसको परीक्षण गर्ने ।
स्याम्पुले नुहाउने, तर कन्डिसनर प्रयोग नगर्ने
बाथटबमा बसेर घरी-घरी ऐना हेर्ने ।
नुहाउँदै पिसाब फेर्ने या पिसाब फेर्दै नुहाउने ।
नुहाइसकेपछि फेरि ऐनामा हेर्ने र फेरि आफ्नो जिउडालको प्रशंसा गर्ने ।
बाथरुमको पंखा बन्द गर्न र बत्ती निभाउन बिर्सनुहोस् ।
रुमाल बेरेर बाथरुमबाट बाहिर निस्कनुहोस् । श्रीमतीले देखिन् भने रुमाल खुस्काइदिनुस् र अघिजस्तै
कम्मर हल्लाएर नाच्नुहोस् ।
चिसो रुमाल बेडमा फ्याँकिदिनुहोस् र दुई मिनेटमा लुगा लगाइभ्याउनुहोस् । 
- Nayapatrika

0 comments: On Fun - How To Bath - कसरी नुहाउने

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.