Latest Update :

Sonia KC - Got to Play in Bhojpuri Movie


कुनै नायिकाले क्षेत्रीय भाषाको आफ्नो पहिलो चलचित्रमा छायांकन नसक्दै दोस्रो चलचित्रमा अनुबन्धित हुने अवसर पाउँछिन् भने उनी कत्ति खुसी होलिन् ? यस्तै खुसी पाएकी छिन् नायिका सोनिया केसीले । जगदम्बा फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भै रहेको भोजपुरी कथानक चलचित्र 'प्यार करेला हिम्मत चाही'
-प्रेम गर्नलाई हिम्मत चाहिन्छ') को छायांकनमा व्यस्त सोनियालाई त्यही प्रोडक्सनले आफ्नो आगामी चलचित्रका लागि पनि अनुबन्धित गरेको छ ।

पहिलो भोजपुरी चलचित्रमा उनले देखाएको अभिनय कौशलबाट प्रभावित भएका निर्देशक अनिल सर्राफले उनलाई आफ्नो आगामी चलचित्रका लागि पनि साइन गरेका हुन् । 'सरकाईले खटिया जाडा लगे' शीर्षकको उक्त भोजपुरी चलचित्रमा भोजपुरी चलचित्रका सुपरस्टार रवि किशन नायक रहने छन् ।

एउटा चलचित्रको छायांकन नसक्दै अर्कोमा साइनसमेत गरेपछि सोनिया पनि अत्यन्त उत्साहित छिन् । सिलसिला, राजभाइ, तिम्रो घर मेरो ससुराली, द सोल्जर, के साइनोले बोलाउँ, दमयिन्ती, गोर्खापल्टन आदि गरी हालसम्म नौवटा चलचित्रमा अभियन गरिसकेकी सोनियाको केही चलचित्र अहिले प्रदर्शनको तयारीमा छन् । सोनियालाई सुरुमा भोजपुरी चलचित्रमा अभिनय गर्दा केही भाषिक समस्या भए पनि विस्तारै यो समस्या हट्दै गएको छ । बढी पारिश्रमिक पाइने भएकाले पनि भोजपुरी चलचित्र कलाकारहरूको आकर्षणमा छ । भोजपुरी चलचित्रको नेपालमा मात्र नभई भारतमा समेत ठूलो बजार भएकाले दर्शक र प्रशंसक पनि बढ्ने सोनिया बताउँछिन् ।
Source :- Saptahik Weekly

Checkout some Beautiful Photo snaps of Sonia KC by Cybersansar.com


0 comments: On Sonia KC - Got to Play in Bhojpuri Movie

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.